बुटवल, साउन २८ ।
बुटवल लेडी जेसीजले थालेको जेसीज सप्ताह २०२२ शनिबार सकिएको छ । विभिन्न रचनात्मक कार्यक्रमका साथ गएको आईतबारदेखि सुरु भएको जेसीज सप्ताह मुल समारोहका शनिबार समापन भएको हो ।
जेसीज सप्ताहको समापन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जेसीज आफ्नै प्रकारको महाविद्यालय भएको बताउनुभयो । युवाको नेतृत्व र ब्यक्तित्व विकासका लागि जेसीज महाविद्यालयका रुपमा स्थापित रहेको उल्लेख गर्दै उहाँले विभिन्न समयमा सप्ताह व्यापि कार्यक्रम गरेर समुदायमा सकारात्मक सन्देश प्रभाह गरेको बताउनुभयो ।
बुटवल लेडी जेसीज वर्ष २०२२-२३ का अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका पुर्व अध्यक्ष अनुपमान शैजु, बुटवल जेसीजका अध्यक्ष चन्द्रमणी भुषाल, महिला जेसीजका संस्थापक अध्यक्ष रेखा कट्टेल, पुर्व अध्यक्ष राधिका पोखरेल, कार्यक्रमका मुल संयोजक प्रभा गौतम,प्रथम पुरूष महेश श्रेष्ठ लगायतले जेसीज सप्ताहले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको बताउनुभयो ।
जेसीजका महासचिव संगीता ढकालको संचालनमा भएको कार्यक्रममा जेसीज सप्ताह सफल बनाउन सहयोग र समन्वय गर्ने क्लवका पदाधिकारी तथा सदस्य, विभिन्न संघसस्थाका प्रतिनिधीहरुलाई सम्मान गरेको थियो ।
जेसीज सप्ताह अन्तरगत वास्तु ज्ञान, लागुऔषध दुब्र्यसनी विरुद्धको कार्यक्रम, महिला अधिकार तथा आत्महत्या विरुद्धका सचेतनात्मक कार्यक्रम, वित्तिय तथा बैंक साक्षरता कार्यक्रम लगायतका कार्यक्रम गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)