Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश : सत्तारूढ गठबन्धन मजबुत ढंगले लैजाने निर्णय

लुम्बिनी प्रदेश : सत्तारूढ गठबन्धन मजबुत ढंगले लैजाने निर्णय

  • 1.9K
    SHARES

  • लुम्बिनी प्रदेश : सत्तारूढ गठबन्धन मजबुत ढंगले लैजाने निर्णय

    बुटवल,साउन २७ ।

    निर्वाचनको मिति नजिकिदै गर्दा लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धन छलफलमा जुटेका छन् । उनीहरुले चुनावी तालमेल र रणनीति बनाउन थालेका हुन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा गठबन्धनलाइ मजबुत ढंगले लैजाने निर्णय गरेको हो  ।

    शुक्रबार बुटवल १२ रहेको कांग्रेसको प्रदेश कार्यालयमा बसेको संयुक्त गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा सफल भएको निष्कर्ष निकाल्दै प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि अझै प्रभावकारी ढंगले अघि बढ्ने निर्णय भएको नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बताउनुभयो ।

    बैठकपछि जारी संयुक्त विज्ञप्तिमा गठबन्धनको तर्फबाट साझा उम्मेदवार तयार गर्न आ–आफ्नो पार्टीको तर्फबाट विस्तृत रिपोर्ट तयार गरेर पुनः बैठक बस्ने निर्णय भएको छ । लुम्बिनी मुख्यमन्त्री कुलबहादुर केसीको उपस्थितिमा बसेको बैठकले  गठबन्धनको तर्फबाट केन्द्रको निर्णय र निर्देशनलाई कार्यान्वयन गर्ने जनाएको छ ।

    gathabandan dal lumbini meeting (3).jpg

    बैठकपछि नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश सचिव राजु गुरुङ र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि बद्रे आलमद्वारा जारी हस्ताक्षरित प्रेस  विज्ञप्तिमा स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्माण गरिएको प्रदेश र जिल्ला तहको संयुक्त संयन्त्र पुनः सक्रिय बनाउने निर्णय भएको हो ।

    gathabandan dal lumbini meeting (1).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology