बुटवल,साउन २६ ।
रातको समयमा सडक दुर्घटना बढ्दै गएका कारण रुपन्देहीको तिलोत्तमाका पशु चौपायाको घाँटीमा रिफ्लेक्टिभ स्टिकर बाँध्न शुरु गरिएको छ ।
तत्काल सडक दुर्घटना न्युनिकरणका लागि अस्थायी उपाउ निकालिएको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले बताए । शसस्त्र प्रहरी र नेपाल प्रहरीसंगको सहकार्यमा छाडा पशुचौपायाहरुको घाँटीमा रिफलेक्टिभ स्टिकर बाँध्न सुरु गरिएको हो ।
छाडा पशुचौपाया विषेश गरि गाई हरुलाई तिलोत्तमा नगरले गौशालामा पनि व्यवस्थापन गरेको छ । गौशालामा लान छुटेका र बाहिरबाट आएर सडकको छेउछाउमा हिडडुल गर्दा पैदल तथा सवारीकाहरु झुक्किएर दुर्घटना बढ्ने गरेको थियो ।
रिफ्लेक्टिभ स्टिकर (रातिमा चम्कीने) फिता बाधेका छाडा चाैपायाबाट अब दुर्घटना नहुने अनुमान गरिएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)