Logo बिहिवार, आश्विन १ गते २०८३
images

ग्लोबल पिस पार्कमा बुटवल जेसिजद्वारा बृक्षरोपण

ग्लोबल पिस पार्कमा बुटवल जेसिजद्वारा बृक्षरोपण

  • 1.7K
    SHARES

  • ग्लोबल पिस पार्कमा बुटवल जेसिजद्वारा बृक्षरोपण

    बुटवल,साउन २३ ।

    बुटवल जेसिजको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत आज तेस्रो दिन बुटवल १२ स्थित ग्लोबल पिस पार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

    बुटवल जेसिजका अध्यक्ष चन्द्रमणि भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा न १२ का  वडा अध्यक्ष  डिल्ली प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न १० प्रजातिका फलफुलका बिरुवाहरुको रोपिएको थियो ।

     सो  कार्यक्रममा बिशिष्ट अतिथी ब्रम्हाकुमारी इश्वरिय बिश्वबिद्धालय प्रदेश सचिव ब्रम्हकुमार नारायण जि , प्रमुख अतिथि डिल्ली प्रसाद शर्मा, जेसिज सप्ताह मुल संयोजक चन्द्रकान्त डुम्रे , बृक्षारोपण कार्यक्रमका संयोजक बाबुराम लम्साल महासचिव मोहन न्यौपाने लगायतले आफ्नो भनाइ राख्नु भएको थियो ।

    यसअघि दोस्रो दिनको कार्यक्रम अन्तर्गत  लुम्बिनी अपांग दृस्टीबिहिन अनाथ आश्रममा खाधान्न वितरण कार्यक्रम अन्तर्गत आश्रमलाई आबश्यक   चामल, दाल ,नुन , तेल, प्याज  लगायतका विभिन्न खाद्यान्न सामाग्रीहरु  बुटवल उपमहानगरपालिका वडा न १५ का वडा अध्यक्ष एवं बुटवल उपमहानगरपालिकाका प्रबक्ता शिव रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भइसकेको छ ।

    हाल डेगु लगायतका विभिन्न रोगको कारण रक्तसञ्चार केन्द्रमा रगतको अभाव नहोस भन्ने हेतुले भोलि मंगलबार बुटवल जेसिज सचिवालयमै  रक्तदान कार्यक्रमको आयोजना गरिएको  बुटवल जेसिजका मिडिया संयोजक आबिस्कार खनालले जानकारी दिनुभयो ।

    help.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology