Logo बिहिवार, आश्विन १ गते २०८३
images

अन्तराष्ट्रिय युवा दिवस : लुम्बिनी प्रदेश युवा परिषदद्वारा साताब्यापी कार्यक्रम

अन्तराष्ट्रिय युवा दिवस : लुम्बिनी प्रदेश युवा परिषदद्वारा साताब्यापी कार्यक्रम

  • 1.9K
    SHARES

  • अन्तराष्ट्रिय युवा दिवस : लुम्बिनी प्रदेश युवा परिषदद्वारा साताब्यापी कार्यक्रम

    बुटवल,साउन २३ ।

    लुम्बिनी प्रदेश युवा परिषदले साताब्यापी कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय युवा दिवस मनाउने तयारी गरेको छ ।परिषदले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी गराएको हो ।

    कार्यक्रममा परिषदका अध्यक्ष समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्दीन खाँ ले युवाहरुका समस्या पहिचान र समाधान गर्ने उदेश्यले प्रदेशमा पनि युवा परिषदको परिकल्पना गरिएको बताउदै युवाहरुले बनाउने योजनामा मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिब जयप्रकाश भट्टराईले राज्यले अझै पनि खेलकुदको महत्व बुझ्न नसकेको गुनासो गरे ।

    खेलकुदको दायरा फराकिलो छ भन्ने महसुस नगरेकै कारण राज्यले खेलकुदको क्षेत्रमा कम वजेट विनियोजन गर्नेगरेको भन्दै सदस्य सचिब भट्टराईले त्यस बिषयमा पत्रकारहरुले कलम चलाउनुपर्नेमा जोड दिए । पत्रकार सम्मेलनमा प्रदेश युवा परिषदका उपाध्यक्ष गोविन्द बहादुर खत्रीले गठन भएको छोटो समयमा परिषदले साताब्यापी कार्यक्रम गरेर अन्तराष्ट्रिय युवा दिवस मनाउन लागेको जानकारी गराउदै परिषदले युवाहरुलाई सीपयुक्त र स्वरोजगार बनाउने अभियान सञ्चालन गर्ने बताए ।

    कार्यक्रममा राष्ट्रिय युवा परिषदका सदस्य सन्दीप सापकोटा,रबी सेञ्चुरी,पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा लगायतले युवा परिषदको आवस्यकता र औचित्यबारे आ आफ्नो भनाई राखेका थिए ।

    साताब्यापी कार्यक्रम अनुसार भोली रुपन्देहीको देवदहमा बृक्षारोपण,२४ गते बृहत अन्तरक्रिया र २६ गते मुख्यमन्त्री कुल प्रसाद केसीको प्रमुख आतिथ्यतामा बिशेष कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology