बिकास गौतम / बुटवल,साउन २२ ।
रुपन्देहीको बुटवल उपमहानगरपालीका पछिल्लो समय शैक्षिक हबको रुपमा बिकासित ठानिन्छ । यस क्षेत्रमा रहेका विद्यालयहरुले हरेक बर्ष उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन । बुटवल उपमहानगरले यस क्षेत्रको शैक्षिक उन्नती र बिकासको लागी विभिन्न समयमा पनि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
तर यहि नगरपालीका भित्र रहेको एउटा विद्यालय जहाँ विद्यार्थीहरु भोको पेट लिएर पढ्न विद्यालय आउने गर्दछन । बुटवल उपमहानगर पालीकाको नजिककै भएर पनि यो विद्यालयमा विद्यार्थीहरु भोको पेट लिएर पढ्न आउने गर्दछन् ।
बुटवल उपमहानगरपालीकाको मैनाबगर क्षेत्रमा अवस्थित मैनाबगर आधारभुत प्राथमीक विद्यालयमा पढ्न आउने बालबालीकाको अवस्था हो यो । कक्षा तीन सम्म मात्र पढाई हुने यस प्राथमिक विद्यालयमा यसै शैक्षिक सत्रमा सन्तानब्बे जना विद्यार्थी भर्ना भएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शालिकराम ज्ञवालीले जानकारी दिए । विद्यालमा भर्ना भएका विद्यार्थीहरु मध्य अहिले दैनिक ८५ जना भन्दा बढी विद्यार्थीीहरु नियमीत पठन–पाठनको लागी विद्यालय आउछन ।
तर विद्यालय आउने विद्यार्थीहरु कोही भरी पेट लिएर विद्यालय पढ्न आउछन भने केही विद्यार्थीहरु खाली पेट विद्यालय आउने गरेका छन । बुटवल उपमहानगरपालीकाको पश्चिम पट्टि रहेको मैनाबगरमा संचालीत यस प्राथमिक विद्यालयमा कक्षा तीन सम्मको पढाई हुने गर्दछ । यस विद्यालयमा पढ्न आउने अधिकाशं बालबालीकाहरु मैनाबगर क्षेत्रमा मजदुरी गर्नेका बालबालीका रहेका छन् । मजदुरी गरेर जिविकोपार्जन गर्नै मजदुरका छोराछोरीहरु विहान ८ बजे नै बाबु आमा काममा जाने बेला सँगै विद्यालय आई पुग्ने गरेको विद्यालयकी प्रधानाध्यापक कमला ज्ञवालीले बताइन । उनका अनुसार आमा बुबा मजदुरीमा जाने बेलाामा नै विद्यार्थीहरु बिहान ८ बजे विद्यालय आई पुग्छन । पढाई सुरु हुने बेलामा उनीहरुलाई फेरी भोक लाग्ने बेला हुन्छ । भने कतिपय बालबालीका त घरमा खाना नखाई भोकै स्कुल आएको सुनाउछन उनी भन्छीन ।
अधिकाशं मजदुरका छोराछोरी पढ्ने यस विद्यालयमा बुटवल उपमहानगरपालीकाले दिवा खाजा कार्यक्रम अन्र्तगत प्रति बालबालीका १५ रुपैयाका दरले प्रदान गर्दछ । तर नगरपालीकाले प्रदान गर्ने दिवा खाजा कार्यक्रम बालबालीकालाई पर्याप्त नभएको प्रअ ज्ञवालीको भनाई छ । उनका अनुसार बालबालीका बिहानै आउछन् । कोही भोकै आउछन । केही बिहानै खाना खाएर आउछन ।
उपमहानगरले प्रदान गरको दिवा खाजा कार्यक्रमको पैसा बालबालीकाको लागी अपुग हुदाँ दिवा खाजा कार्यक्रम पनि लागु गर्न नसकिएको उनले बताईन । विद्यार्थीलाई उपलब्ध दिवा खाजा कार्यक्रमको रकम अपुग हुदाँ विद्यार्थीहरुको पढाई प्रभावित हुने गरको उनको भनाई छ ।
रकम अभावको कारण विद्यार्थीहरुको पढाई प्रभावित हुने गरेको थाहा पाएपछि विद्यार्थीहरुको दिवा खाजाको व्यवस्था रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीले गरिदिने भएको छ । रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीका सस्थापक अध्यक्ष सुरज खरेल र अध्यक्ष पप्पु कुमार गुप्ताले आज विद्यालयमा आयोजीत एक कार्यक्रमका बिच विद्यार्थीहरुलाई रकम अभावका कारण भोकै बस्न नपर्ने भनि आज देखी दिवा खाजाको प्रबन्ध आफुहरुले गर्ने घोषणा गरेका छन ।
रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीकी निर्देशक तथा बुटवल उपमहानगरपालीका उपमेयर प्रत्याशी भगवती पाण्डेको जन्मदिन मनाउने अवसरमा आयोजीत कार्यक्रममा उनले खाजा बनाउने ग्यास, चुलो सेट, टिफिन बक्स, सहित खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरेकी छिन ।
सामाग्री हस्तान्तरण सँगै क्लवले आगामी दिनमा सो विद्यालयको अभिभावकत्व ग्रहण गर्दै क्लवले गर्ने सम्पुर्ण कार्यक्रम सोही विद्यालयमा केन्द्रित रहदै विद्याथीहरुको लागी खाजा खर्च बापत एक बर्ष सम्म र आगामी अध्यक्षहरु समेतले व्यवहोर्ने गरी दिवा खाजा कार्यक्रम निरन्तरता दिने क्लवका सस्थापक अध्यक्ष सुरज खरेलले घोषणा गरेका छन ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)