Logo बिहिवार, आश्विन १ गते २०८३
images

जेसीज सप्ताह शुभारम्भ : वास्तु शास्त्र मिलाए जीवन उज्जवल

जेसीज सप्ताह शुभारम्भ : वास्तु शास्त्र मिलाए जीवन उज्जवल

  • 3.0K
    SHARES

  • जेसीज सप्ताह शुभारम्भ : वास्तु शास्त्र मिलाए जीवन उज्जवल

    बुटवल,साउन २२ ।

    मानवको जीवनशैलीलाई सहज बनाउन वास्तु ज्ञानको महत्व महत्वपुर्ण भएको बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । वास्तु शास्त्र र वास्तु ज्ञान मानव जीवनका लागि आवश्यक हुने र वास्तुलाई बुझेरमात्र भौतिक संरचनाहरु निर्माणमा जोड दिदा उत्तम हुने बताइएको छ ।

    बुटवल लेडी जेसीजले आईतबारदेखि सुरु गरेको जेसीज सप्ताहको शुभारम्भ कार्यक्रमको अवसर पारि आयोजना गरिएको वास्तु ज्ञानबारे जानकारी दिने उद्देश्यले गरिएको कार्यक्रममा ज्योतिष पण्डित जनार्दन न्यौपानेले वास्तुलाई ध्यान दिएरै घर लगायतका भौतिक संरचना निर्माणमा जोड दिनु पर्ने बताउनुभयो । उहाँले मानिसको जीवनसँग प्रत्यक्ष घर (निवास) जोडिएकाले घर निर्माणका लागि वास्तु ज्ञानलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

    बुटवल लेडि जेसीजका अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणि  उपाध्यक्ष अनिल बहादुर शाही,  राष्ट्रिय  उपाध्यक्ष सन्दीप अग्रहरी, बुटवल लेडी जेसीजका संस्थापक अध्यक्ष  रेखा कट्टेल, बुटवल जेसिज अध्यक्ष चन्द्रमणि  भुसाल, काउन्सिलर सुमन कृष्ण श्रेष्ठ, लेडि जेसीजका पुर्ब अध्यक्ष सिनेटर राधिका पोखरेल, बुटवल जेसीजका पुर्ब अध्यक्ष राजिव गौतम, जेसिज सप्ताहका मुल संयोजक प्रभा गौतमलगायतले जेसीज सप्ताहको सफलताको शुभकामना दिनु भएको थियो ।

    आईतबारदेखि सुरु भएको जेसीज सप्ताह विभिन्न रचनात्मक तथा सामाजिक कार्यक्रम गरेर आउने शनिबार पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सहित मुल समारोहबाबीच सकिने लेडी जेसिजका महासचिव संगीता ढकालले जानकारी दिनुभयो ।jesis.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology