बुटवल कार्तिक १८-
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् ।
प्रदेशसभा सदस्य खानलाई कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११(१)बमोजिम कार्तिक १७ गतेदेखि प्रमुख सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडियाले नागरिक अनलाइनलाइ जानकारी दिए ।
उनलाई कात्तिक १७ गतेबाट लागू हुने गरी प्रमुख सचेतकमा नियुक्त गरिएको जानकारी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती र कांग्रेस केन्द्रीय कार्यालय सचिवलाई गराइसकेको कनौडियाले बताए ।
खान रुपन्देही क्षेत्र नम्बर ५(२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी कांग्रेसमा प्रष्ट धारणा राख्न सक्ने बौद्धिक युवा नेता मानिन्छन् ।
पार्टीलाइ नयाँ गतीमा अगाडी लैजानका लागि थप भूमिका निर्वाह गर्ने खानले बताए । यसअघि कांग्रेस नेता सुरेन्द्र हमाल प्रमुख सचेत थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)