Logo बिहिवार, आश्विन १ गते २०८३
images

अनुउत्तरित प्रश्नहरुको छिनोफानो गर्ने तागत जनतासंग मात्रै : सुवास नेम्वाङ

अनुउत्तरित प्रश्नहरुको छिनोफानो गर्ने तागत जनतासंग मात्रै : सुवास नेम्वाङ

  • 2.8K
    SHARES

  • अनुउत्तरित प्रश्नहरुको छिनोफानो गर्ने तागत जनतासंग मात्रै  : सुवास नेम्वाङ

    दाङ, साउन २१ ।

    नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको मिति घोषणा हुनु खुसीको कुरा भएको बताउनु भएको छ ।प्रेस चौतारी दाङले शनिबार  घोराहीमा गरेको पत्रकार सम्मेलनमा पूर्व सभामुखसमेत रहेका नेम्वाङले अब मुलुकमा उत्पन्न धेरै गतिरोधहरु निर्वाचनले मात्रै किनारा लगाउने सक्ने बताउनु भएको हो ।

    नेकपा एमालेको निरन्तर दबाबका कारण गठबन्धन सरकारले निर्वाचन घोषणा गरेको भएपनि बिद्यमान अन्यौंलको परिस्थितिमा सबै कुराको छिनोफानो गर्न तागत जनतासंग मात्रै भएको हुँदा आफ्नो दल खुसी भएको नेम्वाङले बताउनु भयो । प्रमुख प्रति दल हुनुको नाताले एमालेले सडक र संसदमा उठाउँदै आइरहेका अनुउत्तरित प्रश्नहरुको छिनोफानो गर्ने तागत जनता संग मात्रै रहेको हुँदा निर्वाचन अपरिहार्य रहेको उहाँले तर्क गर्नु भयो ।

    नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिको प्रतिवेदनले समाभान दिनु भन्दा थप प्रश्नहरू मात्रै उब्जाएको दाबी गर्नु भयो ।

    अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको विषयबारे छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदनले प्रश्नको जवाफ दिनुको साटो थप प्रश्न उब्जाएको भन्दै  त्यसको बिरोध गर्नु भएको थियो ।

    त्यस्तै उहाँले अहिलेको परिस्थितिमा नेकपा एमाले संगै एक्लै भिड्न सक्ने हैसियत कसैको पनि नभएको जिकिर गर्नुभयो ।  एमालेविरुद्ध गठबन्धन नगरी लड्न सकिँदैन भन्ने अवस्थामा नेपाली काँग्रेस लगाएतका दलहरु पुग्नु नै एमालेको विजयको आधा आधार तयार भएको उहाँले दाबी गर्नु भएको थियो ।

    एमालेले सुरुदेखि नै निर्वाचन केन्द्रित कार्यक्रम गर्दै आएको हुँदा निर्वाचनको तयारीमा आँफुहरु पहिलेदेखि नै लागि सकेको उहाँले बताउनु भयो ।

    उहाँले बिचार आदर्श केही नमिल्ने दलहरु बीचको गठबन्धन केबल सत्तामा बस्न र एमालेलाई रोक्नका लागि गरिएको दूषित गठबन्धन मात्रै भएको संज्ञा दिनुभयो ।

    तर, नेम्वाङले भावना र बिचार मिल्ने  जो कुनै दल संग आवश्यकताका आधारमा एमालेले चुनाबी तालमेल गर्न सक्ने बताउनु भएको थियो ।

    फरक प्रशंगमा पूर्व सभामुखसमेत रहेका नेम्वाङलवे सर्वौच्च अदालत कार्यबहाक प्रधान न्यायाधीशको भरमा चलाउनु दूभाग्र्यपूर्ण अवस्था मान्नु पर्ने तर्क गर्नु भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology