बुटवल,साउन १९ ।
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले छापामार शैलीमा निर्वाचनको घोषणा गरेको भन्दै आपत्ती जनाउनुभएको छ ।
उहांले तरपनि सरकारले एमालेको माग पुरा गरेकोमा खुसी नै रहेको बताउनुभयो प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्वाङले नागरिक दवाव, एमालेको माग र सबैको आशंकाकाबीचमा सरकारले छापामार शैलीमा मंसिर ४ गते निर्वाचनको घोषणा गरेको उहाको तर्क छ ।
संसदीय पद्दती र परम्परामा निर्वाचन मिति घोषणा जस्तो महत्वपूर्ण कुरामा प्रमुख प्रतिपक्षसँग सल्लाह नै नगरि मिति घोषणा गरिएकोमा आपत्ती रहेको बताउनुभयो ।निर्वाचनको घोषणाबाट एमाले खुसी भएको स्पष्ट पार्दै उहाले अव सम्पूर्ण बहिखाता बोकेर एमाले निर्वाचनमा जाने उहाको कथन छ ।
,‘चुनाव निश्पक्ष, भयरहित निर्वाचन गराउने विषयमा एमालेको सरकारलाई सहयोग रहने छ ,एमाले सम्पूर्ण बहिखाता बोकेर जनतामा जान्छ,’ उहाले भन्नुभयो , ‘जनताले दुधका दुध पानीका पानी छुट्याईदिने छन् ।’
संघीयताका विपक्षका एमालेका कार्यकर्ताहरुले बिभिन्न धारणा सार्वजनिक गरेको भएपनि एमालेको आधिकारीक धारणा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी नै रहेको नेम्वाङको भनाइ छ । उहाले अहिलेको गठबन्धन सरकार दूषित रहेको टिप्पणी समेत गर्नुभयो । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)