Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पहिरोले अवरूद्ध नारायणगढ- मुग्लिन सडक खण्ड सञ्चालनमा

पहिरोले अवरूद्ध नारायणगढ- मुग्लिन सडक खण्ड सञ्चालनमा

  • 2.4K
    SHARES

  • पहिरोले अवरूद्ध नारायणगढ- मुग्लिन सडक खण्ड सञ्चालनमा

    चितवन, साउन १८ ।

    लगातारको वर्षसँगै झरेको पहिरोले  अवरूद्ध हुंँदै आएको नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ।पहिरो पन्छाएपछि आज बिहान ९ बजेर १० मिनेटबाट दुईतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    आज बिहान २ बजेर ३० मिनेटदेखि भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारी मौरी खोला पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

    पहिरो खसेको स्थान प्रहरी चौकी जुगेडीबाट ८ किलोमिटर मुग्लिनतर्फ पर्छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology