Logo बिहिवार, आश्विन १ गते २०८३
images

श्रीमान् माेहन बिरूद्ध बर्षाले दिइन् बुटवल प्रहरीमा जवर्जस्ती करणीमा उजुरी !

श्रीमान् माेहन बिरूद्ध बर्षाले दिइन् बुटवल प्रहरीमा जवर्जस्ती करणीमा उजुरी !

  • 6.9K
    SHARES

  • श्रीमान् माेहन बिरूद्ध बर्षाले दिइन् बुटवल प्रहरीमा जवर्जस्ती करणीमा उजुरी !

    बुटवल,साउन १७ ।

    रूपन्देहीको तिलोत्तमा १७ की  बर्षाकुमारी चौधरीले आफ्नै श्रीमान् बिरूद्ध जवर्जस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।

    इलाका प्रहरी कार्यालय बुटवलमा उनले उजुरी दिएकी हुन् ।  इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रनाउ ठगबहादुर केसीले बर्षाकुमारी चौधरीले श्रीमान् बिरूद्ध जवर्जस्ती करणी गरेको उजुरी दिएको पुष्टि गरे । उनले यसबारे थप अनुसन्धान गरिने बताए ।

    बर्षाकी सासु जागेश्वरीदेवी चाैधरी तिलाेत्तमा नगरपालिकाकी उपप्रमुख हुन् ।

    उनले यसअघि आफ्ना श्रीमान् मोहन थारुले दैनिक रुपमा लागुपदार्थ सेवन गरी कुटपिट गर्ने, गाली बेइज्जती गर्ने र मानसिक यातना दिने गरेको भन्दै इलाका प्रहरी मंगलापुरमा उजुरी दिएकी थिइन् ।

    श्रीमानले कुटपिट गरेर बर्षाको शरीरमा घाउ चोट समेत लागेको छ । मोहनले दैनिक लागुपदार्थ सेवन गर्ने,गाँजा भर्न लगाउने,शारीरिक तथा मानसिक तनाव दिँदा घरका सासु-ससुराले समेतले बेवास्ता गरेको बर्षाले प्रहरीसमक्ष बताएकी छन् ।

    गाडी चलाउने काम गर्ने श्रीमान् मोहनले घरखर्च नदिने, यातना दिने र सासु जागेश्वरी एवं ससुराले समेत बेवास्ता गर्दा आफूले बच्चाको लालनपालनमा समस्या भोगेको उनले प्रहरीलाई बताएकी छन् ।

     

    jaheri barsha (3).jpgjaheri barsha (2).jpg

    jaheri barsha (1).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology