Logo बिहिवार, आश्विन १ गते २०८३
images

बाढी-पहिरो पीडितलाई उद्धार र राहतको प्रबन्ध गर्न गृहमन्त्री खाँणको निर्देशन

बाढी-पहिरो पीडितलाई उद्धार र राहतको प्रबन्ध गर्न गृहमन्त्री खाँणको निर्देशन

  • 2.5K
    SHARES

  • बाढी-पहिरो पीडितलाई उद्धार र राहतको प्रबन्ध गर्न गृहमन्त्री खाँणको निर्देशन

    बुटवल,साउन १७ ।

    गृहमन्त्री बालकृष्ण खाँणले बाढी-पहिरो पीडितलाई उद्धार र राहतको प्रबन्ध गर्न निर्देशन दिनुभएको छ । उहाँले आज विहान मंगलबार देशभरका बाढी-पहिरो र क्षतिको विवरणबारे जानकारी लिँदै तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।
    मन्त्री खाँणले मालिका गाउँपालिका-२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका-२९ केराबारीमा गएको पहिरोले भएको सडक अवरोध र इच्छाकामनामा गएको पहिरोबाट भएको क्षति, उद्धार र राहत तथा सडक खुलाउन भइरहेको प्रयासबारे जानकारी लिनुभएको हो ।

    त्यसक्रममा मन्त्री खाँणले नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख नायव महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी राना, चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङ, म्याग्दीका प्रहरी प्रमुख नायब उपरीक्षक तिलक भारतीलगायतलाई बाढी-पहिरोपीडितको उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology