Logo बिहिवार, आश्विन १ गते २०८३
images

नागपञ्चमी पर्व : आज परम्पराअनुसार नागको पूजा गरी मनाइयो

नागपञ्चमी पर्व : आज परम्पराअनुसार नागको पूजा गरी मनाइयो

  • 1.8K
    SHARES

  • नागपञ्चमी पर्व : आज परम्पराअनुसार नागको पूजा गरी मनाइयो

    बुटवल,साउन १७ ।

    साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइएको छ ।

    घरको मूल ढोकामा नागको चित्र टाँसी नाग पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिने विश्वास छ । साथै प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवसहित अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको बताइन्छ ।

    त्यसैले आज नेपालीहरुले घरमा नागको चित्र टाँसेर नागपूजा गरेका छन् । साथै काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीमा पूजा गर्नेहरुको बिहानैदेखि घुइँचो थियो । साथै देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिएको छ ।nag panchami.jpg

    अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ ।

    nag puja.jpg

    basuki nag.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology