Logo मंगलवार, श्रावण १२ गते २०८३
images

म्याग्दीमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ३ जना बेपत्ता

म्याग्दीमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ३ जना बेपत्ता

  • 1.7K
    SHARES

  • म्याग्दीमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ३ जना बेपत्ता

    म्याग्दी,साउन १७ ।

    म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिरोले घर बगाउँदा दुई जनाको मत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।

    घामबहादुर विक र गोठे विकको घर मंगलबार बिहान पहिरोले पुरिएको हो। घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ। 

    गोठे र उनकी श्रीमती गोरी विक पहिरोमा परेर घाइते भएका छन्। घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन्। स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन्। 

    मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिए। घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ।

    मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, श्रावण १७ २०७९०१:००:४०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology