Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

रोटर्याक्ट क्लब अफ मणिग्रामको तेस्रो पदस्थापन,अध्यक्षमा आयुष पौडेल

रोटर्याक्ट क्लब अफ मणिग्रामको तेस्रो पदस्थापन,अध्यक्षमा आयुष पौडेल

  • 2.3K
    SHARES

  • रोटर्याक्ट क्लब अफ मणिग्रामको तेस्रो पदस्थापन,अध्यक्षमा आयुष पौडेल

    बुटवल,साउन १६ ।

    रोटर्याक्ट क्लब अफ मणिग्रामको तेस्रो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा बर्ष ०२१-०२२ का अध्यक्ष निराजन अर्यालले बर्ष ०२२-०२३ का अध्यक्ष आयुष पौडेललाई पदहस्तान्तरण गर्नुभएको छ ।

    बर्ष ०२२-०२३ का अध्यक्ष पौडेललाई रोट्याक्र्ट डिष्ट्रिकका एडिआरआ रेशम खड्काले सपथ ग्रहण गराउनु भयो भने सस्थापक अध्यक्ष कृष्ण प्रसाद बस्यालले कलर चाटर सर्टिफिकेट हस्तान्तरण गर्नुभएको थियो ।

    सो कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले समाज रुपान्तरणको अभियानमा युवाहरु लाग्नुपर्नेमा जोड दिनुभयो । उहांले समृद्ध नेपालको निर्माण युवाहरुबाट मात्र सम्भव भएको भन्दै देशभित्रै युवाहरुलाई रोजगार बनाउन सरकारले विभिन्न योजनाहरु ल्याउनुपर्ने बताउनुभयो ।rotari.jpg

    धेरै युवाहरुको गन्तव्य अहिले विदेशी मुलुक रहेको भन्दै अध्यायनका लागि गएका युवाहरुले विदेशमा सिकेको सिपलाई नेपालमा आएर व्यवहारमा लागु गर्न उहांले सुझाव दिनुभयो । त्यस्तै रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ का एडीआरआर रेशम खड्काले सामाजिक उत्तरदायित्वलाई नभुली सामाजिक कार्यमा लाग्न सवैलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा असिस्टेन्ट गभर्नर राजुदेवि खनाल, रोटरी क्लव अफ मणिग्रामका अध्यक्ष दुर्गाप्रसाद अर्याल, क्लब का सस्थापक अध्यक्ष कृष्ण प्रसाद बस्याल, रोटरी डिष्ट्रिक्ट ३२९२ को रोटरी इकोनोमिक डेभलपमेन्ट चियर एबः क्लब एडभाइजर लक्ष्मण ज्ञवाली लगाएतले निर्वाचित टिमलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

    सो अवसरमा बर्ष ०२१-०२२ मा अनुसाशन अवार्डबाट रबिना नेपाली र मञ्जु भुसाल, नियमित सहभागी अवार्ड बाट प्रतीक पौडेल, उदाउँदो रोटर्याक्टर अवार्डबाट बबिता भुसाल, बिन्दु भट्टराई र अस्मिता कुँवरलाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट रोट्रयाक्टर अवार्ड बाट गणेश पन्थ लाई पनि सम्मान गरिएको थियो ।

    त्यसैगरी राष्ट्रिय गायिका सुशीला गौतम र सर्प उद्धारकर्ता प्रवीण पाण्डेलाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यकम वर्ष ०२१-०२२ का सचिव गणेश भुसाल  र  वर्ष ०२२-०२३ का सचिव विनोद बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology