Logo बिहिवार, आश्विन १ गते २०८३
images

पन्थीलाई स्वागत गर्दै बुटवलका मेयरको निर्देशन-‘कर्मचारी संयन्त्रलाई विश्वासिलो र जनउत्तरदायी बनाउनू’

पन्थीलाई स्वागत गर्दै बुटवलका मेयरको निर्देशन-‘कर्मचारी संयन्त्रलाई विश्वासिलो र जनउत्तरदायी बनाउनू’

  • 2.9K
    SHARES

  • पन्थीलाई स्वागत गर्दै बुटवलका मेयरको निर्देशन-‘कर्मचारी संयन्त्रलाई विश्वासिलो र जनउत्तरदायी बनाउनू’

    बुटवल,साउन १५ ।

    बुटवल उपमहानगरपालिकामा सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई बुटवलमा स्वागत गरिएको छ ।नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले पन्थीलाई एक कार्यक्रमका बीच स्वागत गरेका हुन् ।

     स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले कर्मचारी संयन्त्रलाई विश्वासिलो र जनउत्तरदायी बनाउन निर्देशन दिए । ‘हामी जनप्रतिनिधिहरु पाँच वर्षमा आउने जाने हुन्छ, कर्मचारी संयन्त्र स्थायी सरकार हो, उनले भने–जनप्रतिनिधि सफल हुनु नहुनुमा कर्मचारी संयन्त्रको भूमिका रहन्छ, त्यसैले स्थानीय सरकारलाई सफल बनाउनका लागि जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्छ ।’

    उनले बुटवलको विकासका लागि जनप्रतिनिधिका योजनामा साथ दिएर अघि बढेमा मात्रै प्रभावकारी काम हुने बताए । कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगरलाई सफल बनाउनका लागि नगरप्रमुखका योजना कार्यान्वयनमा आफु कानूनी आधारमा अघि बढ्ने बताए ।

    उनले नगरप्रमुखको निर्देशनबाहिर गएर आफुले कुनैपनि निर्णय र काम नगर्ने प्रतिबद्धता जनाए । उपमहानगरका अधिकृत विष्णु प्रसाद खनालको सञ्चालनमा भएको कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसिएशन बुटवल इकाईका अध्यक्ष अनिलकुमार माण्डव्य लगायतले स्वागत गरेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology