बुटवल,साउन १४ ।
नेपाल स्वास्थ्य संघ तिलोत्तमाको अध्यक्षमा प्रवेश पौडेल चयन भएका छन् । प्रथम नगर अधिवेशनबाट पौडेलको नेतृत्वमा २० सदस्यीय समिति चयन भएको हो ।
उपाध्यक्षहरु प्रकाश न्यौपाने ,सारदा रिजाल,विजय खनाल,उमापती भुषाल,मन्जु खनाल छन् । सचिवमा राम प्रसाद चुदाली र कोषाध्यक्षमा अनिल न्यौपाने रहेका छन ।यस्तै गरि सह सचिवमा मिलन श्रेष्ठ,छवि चिदि ,अन्जु लम्साल,कृष्ण घिमिरे रहेका छन्।
सदस्यहरुमा तिलक बिष्ट,रकमाङ्त पाण्डे,सन्जु डंगोल,हरिकला खरेल, गुम वहादुर लामीछाने,लक्ष्मी कोईराला,फुलमति रिजाल र सरला पाण्डे छन्। लामो समय देखि स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका स्वास्थ्यकर्मी हरुले आफ्नो हकहितको लागि संगठानिक रुपमा समन्वयन गर्न सहज हुने भएकाले स्वास्थ्यकर्मी संघ गठन भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगर प्रमुख राम कृष्ण खाणले तिलोत्तमा भित्र रहेका स्वास्थ्य सेवक हरुले नागरिकको सेवामा गम्भिर भएर लाग्न आग्रह गरेका छन्। ‘जनताले विस्वारस र भरोसा गरेका स्वास्थ्यकर्मीहरु
उदारणीय बन्नु पर्छ।’ (खाणले भने जिम्मेवार लिनु भएका स्वास्थ्यकर्मी साथिहरु प्रति जनताहरु आकर्षित हुने उदाहरणीय बातावरण बनाउनुहुने विस्वास लिएको उनले बताए।
नेपाल स्वास्थ्यकर्मी संघ ,रुपन्देहीका अध्यक्ष राम चन्द्र ढकालको अध्यक्षता भएको कार्यक्रम मा नेपाल ट्रेड युनियन का पुर्व रुपन्देही अध्यक्ष काजिमान श्रेष्ठ,नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद लामिछाने,वडा नं ५ का अध्यक्ष रमेश डुम्रे,नेपाल ट्रेड युनियन तिलोत्तमाको अध्यक्ष भरत भुषाल लगायत,प्रदेश सदस्य मोति पौडेलले नव गठित कार्यसमिति लाई शुभकामना दिएका थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)