Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

हृदयेन्द्र शाहलाई भावी राजाका रूपमा देख्न चाहन्छु : रबिन्द्र मिश्र

हृदयेन्द्र शाहलाई भावी राजाका रूपमा देख्न चाहन्छु : रबिन्द्र मिश्र

  • 1.8K
    SHARES

  • हृदयेन्द्र शाहलाई भावी राजाका रूपमा देख्न चाहन्छु : रबिन्द्र मिश्र

    बुटवल,साउन १४ ।

    विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई भावी राजाका रूपमा देख्न चाहेको बताएका छन्। हृदयेन्द्र शाहको २१औँ जन्मदिनको शुभकामना दिँदै मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो चाहना सार्वजनिक गरेका हुन्।

    देश ढिलो–चाँडो नराम्रो संकटमा फस्ने ठोकुवा गर्दै उनले त्यस्तो परिस्थितिमा सदुपयोग गर्ने उद्देश्यले संसद्ले बाँधेर भए पनि राजसंस्था राख्नुपर्ने बताएका छन्। ‘बदलिएको विश्व भूराजनीतिको भुमरी, लगभग पूर्णतः आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ–फस्छ। त्यसैले, संकटका वेला मात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसद्ले बाँधेर खोपामा भए पनि राजसंस्था राखौँ, ’मिश्रले लेखेका छन्।

    १९९० मा बेल्जियमका राजा बोदवाँलाई सरकारले कैयौँ दिनसम्म राष्ट्रप्रमुखबाट निलम्बन गरी सामान्य नागरिक बनाएको प्रसंग उल्लेख गर्दै मिश्रले संसद्को अधिनमा रहने गरी राजसंस्था राख्नुपर्ने धारणा राखेका हुन्।

    स्टाटस हेराैँ:-

    २१औँ जन्मदिनमा सुस्वास्थ्य, दिर्घायु, देशभक्ती, असल चरित्र र भावी गद्दी-आसनको हार्दिक मंगलमय शुभकामना!
    २० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष के हो भने – बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णत: आर्थिक परनिर्भर्ता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ-फस्छ। त्यसैले, संकटका बेलामात्र सदुपयो गर्ने उद्येश्यका साथ संसदले बाँधेर 'खोपामा भए पनि' राजसंस्था राखौँ।
    म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना!
    संसदले बाँधेको भनेको कस्तो?
    एउटा सानो उदाहरण: सन् १९९० मा बेल्जियमका राजा बोदवाँले आफू क्याथोलिक धर्मावलम्वी भएका कारण गर्भपतन सम्वन्धी विधेयक अनुमोदन गर्न मान्दै मानेनन्। त्यसपछि, सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्वन गरी सामान्य नागरिक बनायो। र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुन: गद्दी आसिन गरायो। त्यस्ता उदाहरण अरू पनि छन्, जुन मेरो प्रकाशोन्मूख पुस्तकमा उल्लेख गरेको छु।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology