बुटवल साउन १४ ।
बुटवल उपमहानगरपालिका वार्ड न ३ ज्योति नगरमा पहिरो नियन्त्रण गर्नको लागि लायन्स क्लव अफ बुटवल सेन्ट्रल र लियो क्लब अफ बुटवल सेन्ट्रलले वृक्षरोपण गरेको छ ।
क्वलले ज्योति नगरमा बाँस , वेद, हर्रो,बर्रो लगायतका विभिन्न जातका ५ सय वनस्पतिहरू रोपेको हो । बृक्षा रोपण कार्यक्रमका बोल्दै प्रमुख अतिथि बुटवल नगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको मुख्य समस्याको रूपमा अहिले ज्योति नगरको पहिरो रहेको भन्दै नियन्त्रण गर्नको लागि नाली काट्ने,केही ठाउँमा जाली लगाउने र वृक्षारोपण गर्ने काम भएको बताए ।
उनले पहिरो नियन्त्रण गर्नको तीन तहका सरकार मिलेर नै अगाडि बढ्नेको विकल्प नभएको बताए । क्लबका अध्यक्ष रोहित भुषालको अध्यक्षता भएको कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रीक ३२५पी का द्वितीय भाइस गभर्नर पुरुषोत्तम प्रधानाङ्ग , जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम,ज्योति नगर विकास परिषद्का अध्यक्ष सहदेव श्रेष्ठ, क्लबका पूर्व अध्यक्ष कृष्ण प्रसाद पौड्याल, लक्ष्मण बहादुर पोखरेल, जेडि वारसी, क्लब तृतीय उपाध्यक्ष लायन उत्तम अर्याल लगायतले बोल्नु भएको कार्यक्रमको संयोजन सागरमणि पोखरेलले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)