Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीमा ४ वटा बिषयगत समितिका सभापतिद्वारा सपथग्रहण

लुम्बिनीमा ४ वटा बिषयगत समितिका सभापतिद्वारा सपथग्रहण

  • 2.0K
    SHARES

  • लुम्बिनीमा ४ वटा बिषयगत समितिका सभापतिद्वारा सपथग्रहण

    बुटवल,साउन १३ ।

    लुम्बिनी प्रदेश सभामा गठीत बिषयगत समितिका सभापतिहरूले सपथग्रहण गरेका छन् ।शुक्रबार प्रदेश सभा सचिवालयमा एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीले नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।

    सपथग्रहणसँगै नवनिर्वाचित सभापतिहरूले आजै पदभार ग्रहण गरेका छन् ।प्रदेश सभामा रिक्त रहेका चार बिषयगत समिति सभापति पदका लागि बुधबार मनोनयन गर्ने समयमा चारवटै समितिमा एकल उम्मेदवारी परेपछि निर्वरोध निर्वाचित भएका थिए ।

    प्रदेश सभाको महत्त्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बिष्णु प्रसाद पन्थी,अर्थ,उद्योग तथा पर्यटन समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाकी तारा जिसी,कृषि वन तथा वातावरण समितिको सभापतिमा नेकपा एमालेकै जाल्पा भुसाल र सामाजिक विकास समितिको सभापतिमा पनि एमालेकै बाबुराम गौतम निर्वाचित भएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology