Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

१ हजार चोरेको रिसमा रुपन्देहीको कञ्चनका यमबहादुरले गरे पत्नीको हत्या !

१ हजार चोरेको रिसमा रुपन्देहीको कञ्चनका यमबहादुरले गरे पत्नीको हत्या !

  • 2.1K
    SHARES

  • १ हजार चोरेको रिसमा रुपन्देहीको कञ्चनका यमबहादुरले गरे पत्नीको हत्या !

    बुटवल,साउन १३ ।

    रुपन्देहीको कञ्चनमा पत्नी हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । कञ्चन गाउँपालिका–१ डेलरका ३३ वर्षका यमबहादुर थापाले एक हजार रुपैयाँ चोरेको रिसमा कुटपिट गर्दा ३१ वर्षकी पत्नी सावित्री थापा क्षेत्रीको मृत्यु भएको खुलेको सालझण्डी प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार सावित्रीले साउन १० गते साँझ दराजमा श्रीमानले राखेको एक हजार रुपैयाँ झिकेकी थिइन् ।

    राति २ बजे यमबहादुरले पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई किन नसोधी पैसा झिकेको भनी कुटपिट गर्दा मृत्यु भएको खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

    यमबहादुरलाई ज्यानसम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अदालतबाट अनुमति लिइसकेको मरासिनीले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology