Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेशको अध्यक्षमा शर्मा

नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेशको अध्यक्षमा शर्मा

  • 1.8K
    SHARES

  • नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेशको अध्यक्षमा शर्मा

    नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेश गठन भएको छ। प्रदेश भरि रहेका विभिन्न बिज्ञान, प्रविधि, अनुसन्धान र गुणस्तर विभागमा कार्यरत रसायन विदहरूको भेलाले सह प्राध्यापक डा. कृष्ण प्रसाद शर्मा को नेतृत्व मा प्रदेश कार्यसमिति निर्विरोध चयन गरेको हाे।

    प्राध्यापक भोजराज भटृराई को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल केमिकल सोसाइटी केन्द्रीय समिति का महासचिब सह प्राध्यापक डा महेश कुमार जोशी , उप प्राध्यापक दिपक श्रेष्ठ र सह प्राध्यापक डा कृष्ण प्रसाद शर्मा ज्यू हरुले बैज्ञानिक प्रस्तुतिकरण दिनुभएको थियो। डा उमेश न्यौपाने को सभापतित्वमा सम्पन्न औपचारीक कार्यक्रमको संचालन उप प्राध्यापक माधब गौतमले गर्नुभएको थियो।

    भेलाले आगामी २ बर्ष को लागि उपाध्यक्ष उप प्राध्यापक माधब गौतम, सचिव डा. उमेश न्यौपाने, सह सचिव उप प्राध्यापक योगराज पोखरेल, कोसाध्यक्ष्य निलकमल कसौधन त्यसैगरी सदस्यहरुमा उप प्राध्यापक शैलेन्द्र कुमार त्रिपाठी, सपना घिमिरे, तेज नारायण चापागाईं, आकास लखेर, श्रवण कुमार ढुंगाना लाई निर्विरोध निर्वाचित गरेको थियो।

    निर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको शपथ निर्वाचन मण्डलका संयोजक सह प्राध्यापक भरत सिं बिष्ट तथा सदस्यहरु उप प्राध्यापक भुबन भट्टराई र बसन्त खनालहरुले गराउनु भएको थियो। वैज्ञानिक हरुको उक्त भेलाले अग्रज प्राध्यापक भोजराज भटृराईलाई सम्मान गरेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology