बुटवल,साउन ११ ।
अजय कार्किको ‘हामी देश बचाऔँ’ म्युजिक भिडियो बिमोचन बुधबार बिमोचन गरिएको छ । बागेश्वरी संगितालयका संचालक तथा संगितसर्जक सुरेश सेन्चुरीले बिमोचन गर्दै देशका धेरै नाम चलेका गायकहरु उत्पादन गरेर गितसंगितबाट यो क्षेत्रको पहिचान दिलाउन सफल भएको दाबी गरे ।
कार्की एक क्षमतावान गायक र लेखकका रुपमा परिचित भएको भन्दै गितसंगितमा लगाव कै कारण उनि सफल हुदै गएको दाबी गरे । संगितमा बुटवलको पहिचान बनाउदै आएका अजय कार्किले लामो समयको साधना र अनुभवबाट गित तयार गरेको बताए । लकडाउनकै समयमा गित लेखेका उनले बताए । सिमा बिवादको विषय उठिरहेको बेला उनको दिल र दिमागबाट यो गित तयार गरेको बताए ।
नेपाली चलचित्रका चर्चित नायक राजेश हमालको अभिनय रहेको गितमा निर्देशन निरेन श्रेष्ठ तथा स्वर अजय कार्कीको रहेको छ । देश जोगाउने पुर्खाको योगदानलाई सम्झेर युवाहरु देश बचाउन एकजुट हुनुपर्ने सन्देश मुलक शब्दहरु गितमा रहेको छ ।
देशमा सिमा समस्या रोक्न युवालाई अग्रसर हुन शब्दमा गितबाट ब्यक्त भएको उनले बताए । यसैगरि हिमालयन टेलिभिजनमा प्रशारण हुने सागितिक शो सिङ्गिङ सुपर स्टारको टप टेनमा पुगेका सन्तोष रानालाई जिताउन बुटवलबाट अभियान थालिएको छ ।
बागेश्वरी संगितालयमा लामोसमय साधना गरेका उनी गायनबाट आफ्नो पहिचान दिलाउने लक्ष्यसहित लागेका छन । सन्तोष राना जिताऔ अभियानमा लागेका गायक बसन्त श्रेष्ठले मोफसलका कलाकार, गायकहरुको क्षमता प्रस्फुटन गराउन सके अवसर पाउन सक्ने बताए ।
अभियानका अगुवा अर्जुन पौडेलले कला र गलाको मुल्याकन विधिका रुपमा भोटिङलाई प्राथमिकता दिईनु गलत भएको बताए । स्थानियस्तर हुदै राष्ट्रिय मन्चमा पुगेका रानालाई जिताउनु रुपन्देहीबासीको दायित्व भएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)