कौरव खत्री/बागलुङ १० साउन ।
गलकोट समाज युकेद्धारा आफ्नो छैठौ बार्षिक भेला तथा भेटघाट कार्यक्रम भव्यताका साथ मनाएको छ ।वार्षिक भेला कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले गल्कोट समाज यूकेले गल्कोटसँगै बागलुङ र समग्र नेपाललाई चिनाएको बताउनु भयो ।
त्यस्तै राजदुत आचार्यले बेलायतमा आएर पनि आफ्नो स्थानीय भेषभूषा कला संस्कृतिलाई बेलायतमा समेत चिनाउन महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
साथै गल्कोट समाज यूकेले आफ्नो कला संस्कृतिलाई जिवन्त राखेर धेरै टाढा बेलायत आएर पनि आफ्नो स्थानीय कला संस्कृतिलाई पुस्तान्तरण गराउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।
साथै राजदुत आचार्यले भन्नुभयो,गल्कोट समाज यूकेले आफ्नो स्थापनाकालको छोटो समयमै राम्रो र उदाहरणीय कार्य गरेको बताउनु भयो ।

साथै सोही अवसरमा राष्ट्रिय स्तरका चर्चित लोकदोहोरीका कलाकारहरु अनुपा थापामगर,रेशम निर्दोष, अस्मिता डल्लाकोटी,शान्ता रानी परियार,विशाल रायमाझी लगायतको सांस्कृतिक प्रस्तुती रहेको थियो ।
त्यस्तै अवसरमा गल्कोटे पञ्चेबाजा,गल्कोटे सोरठी नाच,तीज गित,भजन मनोरञ्जनात्मक कमेडी र आकर्षक पुरस्कार सहितको राफल ड्र लगायतका सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।
त्यस्तै अवसरमा बेलायतमा रहेर स्नातकोत्तर डिग्री हासिल गरेका गल्कोटे नँया पुस्ताहरुलाई सम्मान गर्ने समेत रहेको छ ।
हाल रोजगारीको शिलशिलामा बेलायतमा विभिन्न पेशा व्यवसाय गदै आइरहेका बेलायतवासी गल्कोटेहरुले छैठौँ वार्षिक भेला मिडल्याण्डको बर्मिङहममा गरिएको थियो ।

कार्यक्रम गलकोट समाज यूकेका अध्यक्ष भोजराज कंडेलको अध्यक्षता तथा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यताएवं गल्कोट समाज यूकेका सस्थापक अध्यक्ष रेशम बुढाथोकी,लगायतको सहभागिता रहेको कार्यक्रम समाजका उपाध्यक्ष गोविन्द्र कंडेलको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने गलकोट समाज गलकोट समाज युकेका महासचिव बिष्णु चालिसेले गर्नु भएको थियो ।
कार्यक्रममा अहिलेसम्मकै उल्लेख्य सहभागी भएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)