Logo बिहिवार, आश्विन १ गते २०८३
images

एसईईको नतिजा भोलि सार्वजनिक हुने

एसईईको नतिजा भोलि सार्वजनिक हुने

  • 1.8K
    SHARES

  • एसईईको नतिजा भोलि सार्वजनिक हुने

    बुटवल,साउन १० ।

    राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने जनाएको छ । परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी छन् ।

    कक्षा १० को माध्यामिक शिक्षा परीक्षा एसईई परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने जानकारी दिएका छन् । उनले भने ‘हामी अन्तिम तयारीमा छौं।नतिजा भोलि आउँछ ।’

    कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रुपमा परीक्षा केन्द्रमा नै उपस्थिति भएर परीक्षा दिएका छन् ।

    शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology