Logo मंगलवार, श्रावण १२ गते २०८३
images

६३८ जनामा कोराेना संक्रमण पुष्टि,थप दुई जनाको मृत्यु

६३८ जनामा कोराेना संक्रमण पुष्टि,थप दुई जनाको मृत्यु

  • 2.2K
    SHARES

  • ६३८ जनामा कोराेना संक्रमण पुष्टि,थप दुई जनाको मृत्यु

    बुटवल,साउन १० ।

    पछिल्लो २४ घण्टामा ६३८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणमा थप दुई जनाको मृत्यु भएको हो । योसँगै अहिलेसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ६३८ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ५५ जनामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको छ ।

    सोही समयमा २ सय १८ जना निको हुँदा अहिलेसम्म निको हुनेको संख्या ९ लाख ६८ हजार ८०२ पुगेको छ ।

    यसदिन २ लाख ५७ हजार ८ सय ७८ जनालाई कोभिडविरुद्धको खोप लगाइएको छ भने ३ हजार ७१४ जना सक्रिय संक्रमित देशभर छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology