कौरव खत्री/बागलुङ ९ साउन ।
गलकोट समाज युकेद्धारा आफ्नो छैठौ बार्षिक भेला तथा भेटघाट कार्यक्रम भव्यताका साथ आज मनाउने भएको छ ।
यहि २५ जुलाई तारिख अर्थात् साउन ९ गते आज नेपाली समय अनुसार बेलुकी ९ बजेदेखि शुरू हुने गलकोट समाज युकेका महासचिव बिष्णु चालिसेले जानकारी दिनुभयो ।
बेलायतमा रोजगारीको शिलशिलामा विभिन्न पेसा व्यवसाय गदै आईरहनु भएका बेलायतवासी गल्कोटेहरुले छैठौँ वार्षिक भेला मिडल्याण्डको बर्मिङहममा गर्न लागिएको समाजका महासचिव चालिसेले जानकारी दिनुभयो ।
साथै अवसरमा गल्कोटे पञ्चेबाजा,गल्कोटे सोरठी नाच,तीज गित,भजन लगायत राष्ट्रिय स्तरका कलाकारहरूको सांस्कृतिक प्रस्तुती रहने जनाइएको छ ।
त्यस्तै कार्यक्रममा मनोरञ्जनात्मक कमेडी र आकर्षक पुरस्कार सहितको राफल ड्र राष्ट्रिय स्तरका चर्चित लोकदोहोरीका कलाकारहरु अनुपा थापामगर,रेशम निर्दोष, अस्मिता डल्लाकोटी,शान्ता रानी परियार,विशाल रायमाझी लगायतको प्रस्तुती रहने बताइएको छ ।
त्यस्तै अवसरमा बेलायतमा रहेर स्नातकोत्तर डिग्री हासिल गर्ने नयाँ पुस्ताका गल्कोटेहरुलाई सम्मान गर्ने समेत रहेको छ ।
गलकोट समाज यूकेका अध्यक्ष भोजराज कंडेलले बेलायतवासी सम्पूर्ण नेपालीहरुलाई आजको कार्यक्रममा सहभागी आग्रह गर्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)