Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी वाणिज्यमा ३५ दिने प्रोफेसनल एकाउन्टिङ एण्ड ट्याक्सेसन ट्रेनिङ

लुम्बिनी वाणिज्यमा ३५ दिने प्रोफेसनल एकाउन्टिङ एण्ड ट्याक्सेसन ट्रेनिङ

  • 4.7K
    SHARES

  • लुम्बिनी वाणिज्यमा ३५ दिने प्रोफेसनल एकाउन्टिङ एण्ड ट्याक्सेसन ट्रेनिङ

    बुुटवल,साउन ९ ।

    लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा ३५ दिने प्रोफेसनल एकाउन्टिङ एण्ड ट्याक्सेसन ट्रेनिङ सुरु भएको छ । क्याम्पसको आयोजना तथा लुम्बिनी स्किल एण्ड डेभलपमेण्ट कलेजको सहकार्यमा आजबाट उक्त तालिम सुरु भएको हो ।

    प्रमुख अतिथि एवं क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले क्याम्पसले नियमित गतिविधि अन्र्तगत बजारको आवश्यकता अनुसार विभिन्न प्रकारका तालिमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।

    साथै उहाँले तालिमले विद्यार्थीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने हुदाँ तालिममा दिन खोजिएका विषयवस्तुहरु विद्यार्थीहरुले उत्साहका साथ ग्रहण गर्नुपर्ने बताउनुभयो ।

    तालिमका मुख्य प्रशिक्षक एवं लुम्बिनी स्किल एण्ड डेभलपमेण्ट कलेजका सिइओ अमृत पौडेलले तालिममा सैद्धान्तिक भन्दापनि व्यवहारिक ज्ञान प्रदान गरिने र तालिमपश्चात विद्यार्थीहरु मेनुअल एकाउन्टिङ, कम्प्युटराइज्ड एकाउन्टिङ, लेखासंग सम्बन्धित विभिन्न सिप तथा ज्ञान, करसंग सम्बन्धित विभिन्न समस्या समाधानमा निपुर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

    सहायक क्याम्पस प्रमुख सह प्राध्यापक विष्णु जोशीले कार्यक्रममा बोल्दै क्याम्पसले विद्यार्थीहरुको चौतर्फी विकासका लागि नियमित अध्ययनका साथसाथै अतिरिक्त तालिमहरु सञ्चालन  गर्दै आएको बताउनुभयो साथै विद्यार्थीहरुले यस तालिमबाट धेरै भन्दा धेरै लाभ लिने विश्वास समेत व्यक्त गर्नुभयो ।

    तालिमका प्रशिक्षक  सिए महेश घिमिरेले लुम्बिनी वाणिज्य क्याम्पस सामुदायिक क्याम्पस भएर पनि यस प्रकारका तालिम  निरन्तर प्रदान गरिरहेको देख्न र सुन्न पाउदा खुशि लाग्ने गरेको बताउदै यस ३५ दिने तालिमबाट विद्यार्थीहरुले लेखा र कर सम्बन्धी धेरै भन्दा धेरै व्यवहारीक ज्ञान प्राप्त गर्न सक्ने बताउनुभयो ।

    विविएस कार्यक्रममा अध्ययनरत ७० जना विद्यार्थीहरु सहभागि हुने उक्त तालिममा ३५ जना विद्यार्थीहरु बिहानी सत्रमा र ३५ जना विद्यार्थीहरु सन्ध्याकालिन सत्रमा सहभागि हुनेछन् भने तालिमको उद्घाटन सत्रको कार्यक्रम सञ्चालन आईक्यूएसी संयोजक पुनाराम घिमिरेले गर्नुभएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology