Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जुम्लामा बिषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी

जुम्लामा बिषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी

  • 2.0K
    SHARES

  • जुम्लामा बिषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी

    जुम्ला,साउन ९  । 

    जुम्लामा बिषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । तिला गाउँपालिका–४ नुवाकोट गाउँका विष्णु हमालको परिवारका पाँच जना बिरामी भएका हुन् ।

    बिरामी पर्नेमा विष्णु हमाल, उनकी पत्नी सम्झना हमाल, छोरीहरू सविना हमाल र सम्झौता हमालका साथै घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका–९ रोकायाबाडाका डेकेन्द्र रोकाया रहेका छन् । उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुवन भट्टका अनुसार हमाल परिवारले आइतबार साँझ जंगलबाट ल्याएको च्याउको तरकारी पकाएर खाएका थिए ।

    पहिले विष्णु हमाललाई वाकवाकी लागेपछि परिवारका सबै जना आइतबार बेलुका नै उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology