Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

इनरव्हिल क्लव अफ मिडटाउन बुटवलको अध्यक्षमा प्रभा

इनरव्हिल क्लव अफ मिडटाउन बुटवलको अध्यक्षमा प्रभा

  • 2.7K
    SHARES

  • इनरव्हिल क्लव अफ मिडटाउन बुटवलको अध्यक्षमा प्रभा

    बुटवल साउन ८।

    इनरव्हिल क्लब अफ मिडटाउन बुटवलको अध्यक्षमा प्रभा अर्याल चयन हुनुभएको छ । १४ औँ पदस्थापना कार्यक्रम सम्पन्न भएको हाे । इनरव्हिल क्लब अफ मिडटाउन बुटवलका  २०२१-०२२ का अध्यक्ष सरस्वती ढुङ्गानाले वर्ष २०२२ -०२३ का अध्यक्ष प्रभा अर्याललाई पद हस्तान्तरण गर्नुभएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि इनरव्हिल क्लब डिष्ट्रिक चेयरमेन ३५० नेपालका सिमा झाले क्लबले उत्कृष्ट कार्य सम्पन्न गरी एउटा फरक पहिचान दिन सफल भएको बताउनुभयो  ।  कोभिड महामारीका कारण पनि क्लबले धेरै सामाजिक कार्य गर्न सफल भएकोमा आगामी दिनमा पनि उदारहणीय कार्य गर्नु सुझाव दिनुभयो । 

    बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले यस्ता क्लबले गरेका सामाजिक कार्यले समाजमा सकारात्मक शन्देश प्रवाहमा मददत पुग्ने बताउनु भयो । बुटवल उपमहानगरपालिकाले आगामी  यस्ता सामाजिक संघसस्था संग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।

    कार्यक्रममा अथिति इनरव्हिल क्लब डिष्ट्रिक ३५० कोषाध्यक्ष तथा इनरव्हिल क्लब अफ मिडटाउन बुटवलका पुर्ब अध्यक्ष आशा श्रेष्ठ, पुर्ब अध्यक्ष राधा भट्टराई ,रोटरी क्दब अफ बुटवलका अध्यक्ष बोनिन पिया  लगायतले शुभकामना ब्यतm गर्नुभएको थियो । साथै क्लबले भबिष्य निर्माण निम्न माध्यमिक बिद्यालयमा अध्ययनरत १ छात्रालाई कक्षा १० सम्म पढ्नका लागी छात्रबृत्ति र रु पाँचहजार रुपैया सहयोग प्रदान गरेको छ त्यस्तै नवरत्न मा बि मा अध्ययनरत १ छात्रालाई अध्ययनका लागी रु पाँच हजार रुपैया  सहयोग गरेको छ ।   

    कार्यक्रममा वर्ष २०२१ र०२२ का  अध्यक्ष सरस्वती ढुङ्गानाले  पूर्व अध्यक्षहरु, बिभिन्न कार्यक्रमका संयोजक, प्रेस सल्लाहकार , लगायत क्लबका सदस्य लगायत अतिथिहरुलाई मायाको चिनो, प्रशंशा पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । 

    वर्ष २०२२- ०२३ का  अध्यक्ष प्रभा अर्यालको  नेतृत्वमा आएको नयाँ टिममा उपाध्यक्षमा देवि न्यौपाने ९सन्ध्या०,सचिबमा राधिका रिजाल, कोषध्यक्षमा  सुमित्रा न्यौपाने ,आइ, एस, ओ   सुशिला पोखरेल ,इडिटर  गिता खनाल ,एक्जुकेटिभ मेम्बरमा जुनु  भण्डारी र सुशिला  आचार्य रहनु भएको छ । नव निर्वाचित अध्यक्ष अर्यालले  आफ्नो कार्यकालमा सबैको साथ सहयोग अपेक्षा गर्दै क्लबको गतिबिधि बढाउने  प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

    बर्ष २०२१-२२ का अध्यक्ष सरस्वती ढुङ्गाना र वर्ष २०२२ - ०२३ का  अध्यक्ष प्रभा अर्यालको संयुक्त  अध्यक्षता , निर्बतमान अध्यक्ष मिठु टण्डन भण्डारीको स्वागत , इलरव्हिल प्राथना बाचन सरस्वती रिजाल,पुर्ब अध्यक्ष सरला भण्डारीको धन्यबाद र सचिव देवि न्यौपाने सन्ध्याको सञ्चालमा सम्पन्न भएको हाे । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology