बुटवल साउन ८।
रोष्ट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । २० औ पदस्थापन कार्यक्रममा वर्ष २०२१-२२ का अध्यक्ष राम प्रसाद बेल्वासेले बर्ष २०२२-२३ का अध्यक्ष सौरभ भुसाललाई पद हस्तान्तरण गरे ।
सो अबसरमा बेल्बासेले आफ्नो बर्ष भरिका गतिविधिमा विभिन्न माध्यमबाट सहयोग गर्ने रोट्रयाक्ट बोर्ड सदस्य , सदस्य, रोटरि क्लबका पुर्ब अध्यक्ष , रोट्रयाक्टका पुर्ब अध्यक्ष , छिमेकी क्लबका प्रतिनिधि तथा विभिन्न ब्यक्तिहरुलाइ मायाको चिनो बाट सम्मान गरेका थियो भने उत्कृष्ट रोट्रयाक्टरको उपाधी रमेश पन्थीलाई प्रदान गरेका थिए । नव निर्वाचित अध्यक्षलाई डिष्ट्रिक्ट रोट्रयाक्ट रेप्रिजेन्टेटिभ डिआरआर लक्ष्मण खरेलले पद तथा गोपनियताको सपत गराएका थिए ।
नव निर्वाचित अध्यक्ष भुसाल बुटवलमा स्थापित युवा व्यवसायी हुन ।
विगत १ दशक देखि बुटवलमा रहेर व्यापार व्यवसाय गरेका छन् । भुसाल बुटवलमा रहेको अन्सु लिडका सञ्चालक समेत हुन । भुसाल विभिन्न सामाजीक संघ सस्थामा समेत आवद्ध रहेका छन् । भुसालले आफ्नो कार्यकालको वर्ष भरीका कार्यक्रम तथा योजना प्रस्तुत गरेका थिए ।
क्लबलाई अझ शसक्त तरीकाले स्वार्थ भन्दा माथी सेवा भावनालाई आत्मसाथ गरी समाज रुपान्तरणका लागि आगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । क्लबले यस वर्ष इन्सपायर,इङ्गेज इलिभेट मन्त्रलाई अङ्गाली यस वर्षका हरेक कार्यक्रमहरु अगाडि बढाउने समेत बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिकका एजी सिए प्रेम भुर्तेल, रोट्रयाक्ट डिआरआर लक्ष्मण खरेल रोटरी डाउनटाउनका अध्यक्ष भरत राना ,रोट्रयाक्ट बुटवल डाउनटाउन प्रेसिडेन्ट काउन्सिल अध्यक्ष बालकृष्ण पान्डे , रोटरी पुर्व अध्यक्ष , रोट्रयाक्ट पुर्व अध्यक्ष लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरु निर्वाचित समितिलाई बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)