Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

लुम्बिनी डान्स आइकन : तिलोत्तमाको अडिशनमा ८० जना छनौट

लुम्बिनी डान्स आइकन : तिलोत्तमाको अडिशनमा ८० जना छनौट

  • 1.6K
    SHARES

  • लुम्बिनी डान्स आइकन : तिलोत्तमाको अडिशनमा ८० जना छनौट

    बुटवल,साउन ८ ।

    नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशको आयोजनामा जारी  ‘लुम्बिनी डान्स आइकन–२०७९’ दोस्रो अडिशन तिलोत्तमामा सम्पन्न भएको छ । शनिबार तिलोत्तमा स्थित न्यू होराइजन कलेजमा अडिशन भएको हो ।

    तिलोत्तमाको अडिशनमा पनि उत्साहजनक सहभागिता देखिएको नृत्य निर्देशक संघका अध्यक्ष लोकेन्द्र शाहले बताए । दोस्रो अडिशनमा १ सय ३२ जना विद्यार्थी सहभागी भएको र ८० जना दोस्रो चरणका लागि छनौट भएको उनले जनाए ।

    दोस्रो चरणको छनौट एक समारोहका बीच आयोजना भएको थियो । नृत्य निर्देशक संघका अध्यक्ष लोकेन्द्र शाहको अध्यक्षता , राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका अध्यक्ष डिल्ली नारायण पाण्डेको प्रमुख आतथ्यितामा भएको समारोहमा संगीतकार सुरेश सेञ्चुरी, मनिष पन्थ लगाएतको आतिथ्यता रहेको थियो ।

    प्रतियोगिताका लागि गत शनिबार बुटवलमा पहिलो अडिशन भएको थियो । एकल, जोडी तथा सामूहिक रुपमा प्रतिष्पर्धा रहने प्रतियोगिताका विजेताले एक लाख नगद पुरस्कार गर्ने प्रतियोगिताका संयोजक सुन्दर गुरुङले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology