Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

कसौधन महिला समितिको साधारण सभा तथा पदस्थापन

कसौधन महिला समितिको साधारण सभा तथा पदस्थापन

  • 1.5K
    SHARES

  • कसौधन महिला समितिको साधारण सभा तथा पदस्थापन

    बुटवल,साउन ७ ।

    कसौधन महिला समिति रुपन्देही बुटवलको साधारण सभा तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कसौधन समुदायका महिलाहरु आवद्ध समितिको वार्षिक साधारण सभा तथा दुई वर्षका कार्य समितिको पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

    वर्ष २०७७-७८ का अध्यक्ष सिता गुप्ता कसौधन, वर्ष २०७८-७९ का अध्यक्ष पुनम कसौधन र वर्ष २०७९-८० का अध्यक्ष निशा कसौधनको पदहस्तान्तरण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले महिला अधिकार र समानताका लागि महिलाविचमा एकता आवश्यक रहेको बताउनुभयो ।

    उहाँले सामाजिक घुलनमिलनमा पछि परेका कसौधन समुदायका महिलाहरु समाजमा खुलेर बोल्न र नेतृत्व लिन सक्षम हुँदै गएकोमा प्रशंसा गर्दै महिलाको नेतृत्व विकास र क्षमता विकासका कार्यक्रम कसौधन सेवा समितिले ल्याउन जरुरी रहेको बताउनुभयो ।

    अघिल्लो तीनै वर्षका अध्यक्षहरुको पालैपालो अध्यक्षता गरिएको कार्यक्रममा कसौधन सेवा समितिका अध्यक्ष राधेश्याम कसौधन, सल्लाहकार अमित गुप्ता कसौधन, महिला संघका संस्थापक अध्यक्ष पुष्पा कसौधन, युवा संघका पुर्व अध्यक्ष धमेन्द्र कसौधन, कोषाध्यक्ष दिपक कसौधन, विश्वजित कसौधन लगायतले कसौधन समुदायको हक अधिकारका लागि सबै एक जुट हुनुको विकल्प नभएको बताउनुभयो ।

    वर्ष २०७९-८० का लागि उपाध्यक्षमा पुजा कसौधन, महासचिवमा आशा कसौधन र कोषाध्यक्षमा पुनम कसौधन निर्वाचत हुनु भएको महिला संघका संस्थापक अध्यक्ष पुष्पा कसौधनले जानकारी दिनुभयो ।

    कार्यक्रममा विभिन्न चरणमा कसौधन महिला समितिले आयोजना गरेका कार्यक्रमलाई सफल बनाउन समितिका सदस्य तथा विभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology