बुटवल,साउन ६ ।
नेपाली चलचित्र ‘प्रकाश’को टोली देश दौडाहाका क्रममा लुम्बिनी प्रदेशको मुकाम बुटवल आएको छ । महिलाहरुको महानपर्व तीजलाई मध्यनजर गर्दै ‘प्रकाश’ भाद्र १० गते रिलिज हुन लागेको हो । सो चलचित्रका अभिनेता प्रदिप खड्का, अभिनेत्री दिया मास्के, रेणु योगीका साथमा प्रोडक्सन कन्ट्रोलर मनोज जोशी, कमेडियन आर्टिस्ट आयुष श्रेष्ठ, आशिष घिमिरे, पुजन अधिकारी, एलन जंग थापा, आदर्श मिश्रा लगायत फिल्म युनिट देश दौडाहामा निस्केको हो ।
चकलेटी नायक कहलिएका अभिनेता प्रदिप खड्का अब हिरो मात्र बनेर भन्दै नेपाली जनताको समाजको हिरो बन्नु पर्ने भन्दै फिल्म प्रकाशमा त्यस्तो हिरोको अभिनयमा देखिने दाबी गर्छन् ।
बुटवलका पत्रकारहरुसँग गफिँदै अभिनेता खड्काले जुम्लाको बिकट स्थानमा छायांकन गरिएको सो फिल्ममा अभिनय गर्न त्यति सहज नभएकोले सबै फिल्म टिमको सहयोगले सो काम सोचेजस्तो र पुरा गर्न सकिएको बताए।
प्रकाश जुम्लाको बास्तबिक कथा भएकाले समग्र नेपालको एक बेरोजगार युवा, द्वन्दमा चपेटिएको युवा, र राजनीति बिना असम्भव समाजमा युवाको संघर्षलाई कथामा उतारिएको खड्काले जनाए। तीजको अवसर पारेर सबै नेपालीको लागी टिप्पिकल नेपाली फिल्मको स्वाद चखाउन आफुहरु दर्शक सामु आएको उनको भनाई छ।
फिल्ममा प्रदिपकी आमाको अभिनयमा जमेकी अभिनेत्री दिया मास्केले आफु समाजकी सहनशील शुसिल र इमान्दार महिलाको अभिनय गरेको उल्लेख गरेकी छिन्।
अभिनयले कहिले रुवाउछ कहिले हसाउँछ , समग्र रुपमा फुल मनोरन्जनात्मक सामजिक संदेश दिने फिल्म प्रकाश हेर्न सबैलाई उनले आग्रह समेत गरिन्।
फिल्ममा प्रदीपले अभिनयको हिसाबमा ‘प्रकाश’ र ‘प्रेमगीत ३’मा काम गर्दा आफूले दिने चिजमा कुनै फरक नपरेको बताए ।
बिनिश इण्टर्टेन्मेण्ट प्रालीको प्रस्तुति रहेको फिल्मको निर्देशन प्रसाद, क्लासिक, नोभेम्बर रेन जस्ता सफल चलचित्र निर्देशन गरिसकेका निर्देशक दिनेश राउतले गरेका हुन्।
बुटवलमा भएको पत्रकार सम्मेलनको अध्यक्षता चलचित्र पत्रकार संघका अध्यक्ष सुमन श्रेष्ठ र सचिव माेहन न्याैपानेले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)