Logo बिहिवार, आश्विन १ गते २०८३
images

होराइजन कलेज र होराइजन गौतमबुद्ध माविलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रदान

होराइजन कलेज र होराइजन गौतमबुद्ध माविलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रदान

  • 4.8K
    SHARES

  • होराइजन कलेज र होराइजन गौतमबुद्ध माविलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रदान

    बुटवल, ६ साउन । 
    रुपन्देहीमा रहेको न्यू होराइजन कलेज तथा होराइजन गौतमबुद्ध माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आइएसओ ९०००-२०१५ प्राप्त गरेको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १ मा रहेका यी दुई संस्थाले पाएको यो प्रमाणपत्र बिहीबार कलेजमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । 

    कलेज तथा विद्यालयको आन्तरिक व्यवस्थापन, शैक्षिक गुणस्तरको मापन तथा व्यवस्थापनका विभिन्न क्षेत्रलाई आधार मानेर यो प्रमाणपत्र पाउने व्यवस्था छ । बिहीबार तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँण तथा उपप्रमुख जगेश्वरदेवी चौधरीले यी दुई संस्थाले पाएको अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणपत्र सार्वजनिक गरेका हुन् । 

    व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद कसजुको अध्यक्ष, उपाध्यक्ष डा। नारायणप्रसाद पन्तको सञ्चालनमा भएको कार्यक्रममा तिलोत्तमाको वडा नम्बर १ तथा नगरको मेयर र उपमेयरमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । 
    कलेज तथा विद्यालयले लामो समयदेखि शैक्षिक क्षेत्रमा गरेको मिहिनेतको यो प्रमाणपत्रले कदर गरेको क्याम्पसका सहायक प्रमुख तथा विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले बताए । उनले निजी क्षेत्रबाट शैक्षिक विकासका लागि होराइजनले गरेको मिहिनेत र शैक्षिक क्षेत्रसँगै आन्तरिक व्यवस्थापनलाई यसले थप व्यवस्थापन गरेको बताए । उनले यो प्रमाणपत्रले रुपन्देहीको शैक्षिक विकासका लागि थप बलियो बनाएको र आफूलाई पनि शैक्षिक गुणस्तर वृद्धिका लागि थप आधारहरु पाएको बताए । 

    कार्यक्रममा डिलाइट नेपालका संचालक प्रज्वल भट्टराईले कलेजको शैक्षिक तथा आन्तरिक व्यवस्थापनको आधारलाई मापन गरेर यो गुणस्तर पाउन सकेको बताउँदै यसले शैक्षिक गुणस्तर मात्रै नभएर आन्तरिक व्यवस्थापनलाई विशेष व्यवस्थापन गर्न सक्ने बताए ।

    कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाँण, उपप्रमुख जगेश्वरदेवी चौधरी, राष्ट्रिय परीक्षा बोर्ड बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारी लगायतले शुभकामना दिएका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology