Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पा खेलकुद विकास समितिका पदाधीकारीद्वारा पदभार ग्रहण

पाल्पा खेलकुद विकास समितिका पदाधीकारीद्वारा पदभार ग्रहण

  • 3.6K
    SHARES

  • पाल्पा खेलकुद विकास समितिका पदाधीकारीद्वारा पदभार ग्रहण

    सुनिल कार्की / पाल्पा,साउन ६।

    जिल्ला खेलकुद विकास समिति पाल्पाको पदस्थापना भएको छ । जिल्लामा एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित कार्य समितिका पदाधीकारीले पदभार ग्रहण गरेका हुन ।

    प्रदेश खेलकुद परिषद लुम्बिेनीका सदस्य सचिव जय प्रकाश भट्टराईले जिल्ला अध्यक्षमा करुण काफ्ले,उपाध्यक्षमा दिपक घिमिरे,कोषाध्यक्ष तिलक थापा,सदस्य बाबुराम नेपाल ,सुरेश गोदार भिमा कुमारी थापा,श्याम बहादुर गाहा मगर,सिता गोतामे र विष्णु खड्कले पदभार ग्रहण गरेका हुन ।

    कार्यक्रमका प्रमुख अतिथि प्रदेश खेलकुद परिषद लुम्बिेनीका सदस्य सचिव जय प्रकाश भट्टराईले पाल्पाको खेलकुद विकास समितिको पदाधीकारी जुझारी र मिलेको टिम भएकोले अब पाल्पालाई खेलकुदको हवको रुपमा विकास गर्न सहज हुने बताउँदै समितिको आफुनै भवन बनाउन प्रदेश खेलकुद परिषदले समन्वय गर्ने बताउनुभयो ।

    जिल्लामा पछिल्लो समय राष्ट्रिस्तरका प्रतियोगिता कम हुँदै गएकोले अवका दिनमा राष्ट्रयस्तरका प्रतियोगिता आयोजना गर्ने दाबी गर्नुभयो । साथै उहाँले गाउँघरमा लुकेर रहेका प्रतिभावान् खेलाडीलाई नियमित खेलको दायरमा ल्याई स्थानिय तहको समन्वयमा पालिका पालिकामा खेलकुद पूर्वाधार निर्माण गरि स्थानिय तहमै खेलकुद प्रतियोगिता आयोजना गर्ने योजनामा प्रदेश खेलकुद परिषद रहेको बताउनुभयो ।

    पदभार ग्रहण गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष करुण काफ्लेले जिल्लामा केही ढिलो गरि समिति गठन हुँदा विकास समितिले अपेक्षाकृत काम गर्न नसके आउँदो आर्थिक वर्षबाट जिल्लामा खेलकुदको बजेट सदुपयोग गरेर अघि बढ्ने बताउनुभयो । कार्यक्रममा फुटबल संघ पाल्पाका जिल्ला अध्यक्ष प्रणय वीरजंंग राणा,लायन्स क्लब अफ पाल्पा भैरबका अध्यक्ष सचिन विष्ट लगायतको सहभागीता रहेको थियो ।

    कार्यक्रम प्रदेश खेलकुद परिषद लुम्बिेनीका सदस्य सचिव जयप्रकाश भट्टराईको प्रमुख आथिथ्यता र कार्यालय प्रमुख तारा बहादुर थापा अध्यक्षतामा भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology