बुटवल,साउन ६।
द्रौपदी मुर्म भारतको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । उहाँ १५ औँ राष्ट्रपतिका रूपमा निर्वाचित हुनुभएको हो ।सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मुले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी हुनुभएको हो ।
जुलाई २४ तारिखमा राष्ट्रपति रामनाथ कोभिन्डको कार्यकाल सम्पन्न भएपछि विजयी मुर्मुले जुलाई २५ तारिखमा राष्ट्रपतिको पदभार सम्हाल्नुहुनेछ । उहाँ भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नुभएको छ ।
सन् १९५८ को जुन २० मा ओडिशाको मयुरभञ्ज जिल्लाको उपरबेडा गाउँमा बिरांची नारायणमा भएको थियो । उहाँ झारखण्डको अल्पसंख्यक सन्थाल जनजातिबाट प्रतिनिधित्व गर्नुहुन्छ ।
उहाँले २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको नवौं राज्यप्रमुख गभर्नरको रूपमा काम गर्नुभएको छ । उहाँका हजुरबुवा र बुवा गाउँ पञ्चायतका अध्यक्षसमेत हुनुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)