Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाठेघरको मुखमा हुने क्यान्सरको प्रारम्भिक परीक्षण शिविर,१ सय ३ मध्ये १३ जनामा समस्या

पाठेघरको मुखमा हुने क्यान्सरको प्रारम्भिक परीक्षण शिविर,१ सय ३ मध्ये १३ जनामा समस्या

  • 2.6K
    SHARES

  • पाठेघरको मुखमा हुने क्यान्सरको प्रारम्भिक परीक्षण शिविर,१ सय ३ मध्ये १३ जनामा समस्या

    बुटवल,साउन ५ ।

    बुटवलमा महिलाहरुमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको प्रारम्भिक परीक्षण शिविर संचालन भएको छ ।

    नेवाः सेवा समिति, बुटवल, लायन्स क्लब अफ बुटवल तिलोत्तमा, तिलोत्तमा मायादेवी, नेवाः महिला सेवा समितिको संयुक्त आयोजना तथा नेपाल परिवार नियोजन रुपन्देही शाखाको प्राविधिक सहयोगमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण शिविर संचालन गरिएको हो ।

    बुटवल उपमहानगरपालिका वडा नं ११ का पाँच वटा टोलका महिलाहरुको निशुल्क पाठेघरको निशुल्क परिक्षण शिविर संचालन गरिएको नेवाः सेवा समितिका अध्यक्ष चिरन्जिवी श्रेष्ठले जानकारी दिए ।शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स डिष्ट्रिक ३२५ पिका डिष्ट्रिक गर्भनर एमजिएफ नवराज अधिकारीले स्वास्थ्यको बारेमा आम नागरिकमा सचेतनाको कमि रहेको बताए ।

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले सरकारबाट गर्नुपर्ने कामलाई सामाजिक संघसंस्थाहरुबाट सहकार्य हुँदै आएको बताए। कार्यक्रममा महिला तथा स्त्रिरोग विशेषज्ञ डा. सतिस रुपाकोटीले स्तन र पाठेघरको बारेमा प्रकाश पार्दै महिलामा हुने रोगहरुमा पाठेघरको क्यान्सर दोस्रो स्थानमा रहेको र महिलामा हुने क्यान्सर पहिलो समस्याकारुपमा रहेको उनले बताए ।एक जना चिकित्सकसहित ६ जनाको टोलीले परिक्षणमा सहयोग गरेका थिए।

    clanic.jpg

    शिविरमा हात्तिसुड, पवित्र, सत्यवति, नवीन र माझगाउ टोल विकास समितिमा बसोबास गर्ने एक सय ३ जनाको परिक्षण गरिएको कार्यक्रममा संयोजक कमलराज उदयले बताए । जसमध्ये १३ जनामा रिपोर्ट पोजिटिभ देखिएकाले थप जाँचका लागि सुझाव दिएको उनले बताए ।

    ८० जनालाई निशुल्क औषधी समेत वितरण गरिएको उनले बताए ।कार्यक्रममा डिष्ट्रिक ३२५ पि फष्ट भिडिजि एमजिएफ अर्जुनमान सैजु, सेकेण्ड भिडिसि एमजिएफ पुरुपोत्तम प्रधानाङ्ग, लायन्स क्लब अफ बुटवल तिलोत्तमाका अध्यक्ष नवीन श्रेष्ठ, तिलोत्तमा मायादेवीका अध्यक्ष लक्ष्मी थैवले महिलाहरुमा रहेको समस्यालाई शिविरले थोरै भएपनि सहयोग पुगेको धारणा राखे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology