कौरव खत्री/ बाग्लुङ,साउन ४ ।
गलकोट समाज युकेद्वारा आफ्नो छैठौ बार्षिक भेला तथा भेटघाट कार्यक्रम भव्यताका साथ मनाउने भएको छ ।
यहि २५ जुलाई तारिख अर्थात् साउन ९ गतेका दिन बेलायतवासी गल्कोटेहरुले छैठौँ वार्षिक भेला मिडल्याण्डको बर्मिङहममा गर्न लागिएको गलकोट समाज गलकोट समाज युकेका महासचिव बिष्णु चालिसेले जानकारी दिनुभयो ।
साथै सोही अवसरमा राष्ट्रिय स्तरका कलाकारको बृहत साँस्कृतिक प्रस्तुती रहने समेत महासचिव चालिसेले जानकारी दिनुभयो । साथै अवसरमा गल्कोटे पञ्चेबाजा,गल्कोटे सोरठी नाच,तीज गित,भजन लगायतका सांस्कृतिक प्रस्तुती रहने जनाइएको छ ।
त्यस्तै कार्यक्रममा मनोरञ्जनात्मक कमेडी र आकर्षक पुरस्कार सहितको राफल ड्र राष्ट्रिय स्तरका चर्चित लोकदोहोरीका कलाकारहरु अनुपा थापा मगर,रेशम निर्दोष, अस्मिता डल्लाकोटी,शान्ता रानी परियार,विशाल रायमाझी लगायतको प्रस्तुती रहने बताइएको छ ।
त्यस्तै अवसरमा बेलायतमा रहेर स्नातकोत्तर डिग्री हासिल गर्ने नयाँ पुस्ताका गल्कोटेहरुलाई सम्मान गर्ने समेत रहेको छ ।
गलकोट समाज यूकेका अध्यक्ष भोजराज कंडेलले बेलायतवासी सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागिता हुन आग्रह गदै अध्यक्ष कंडेलले प्रवासमा रहेका सबै नेपालीहरुबीच एकताको सन्देश दिने उद्देश्य रहेको बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)