Logo बिहिवार, आश्विन १ गते २०८३
images

अर्थमन्त्री प्रकरण : थप ७ दिन समय माग्ने संसदीय समितिको निर्णय

अर्थमन्त्री प्रकरण : थप ७ दिन समय माग्ने संसदीय समितिको निर्णय

  • 2.2K
    SHARES

  • अर्थमन्त्री प्रकरण : थप ७ दिन समय माग्ने संसदीय समितिको निर्णय

    बुटवल,साउन ३ ।

    निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले छानबिनको म्याद थप्न माग गरेको छ । समितिको आज बसेको बैठकले समय नपुगेको भन्दै ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो ।

    तोकिएको समयमा काम नसक्ने समितिको निष्कर्ष छ । सभामुख अग्नी सापकोटाले संसदीय समितिलाई छानबिनका लागि १० दिनको समय दिएका थिए ।

    आज आठौं दिनसम्म आइपुग्दा अझै केही व्यक्तिहरुको बयान लिन बाँकी नै रहेको छ भने सीसीटीभीको हार्ड डिक्स परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको छ ।

    बयान सकेर फरेन्सिक ल्याबबाट सीसीटिभी रिकभर भएपश्चात मात्रै समिति निस्कर्षमा पुग्न सम्भव भएको एक सदस्यले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology