Logo बिहिवार, आश्विन १ गते २०८३
images

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमसिंघे निर्वाचित

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमसिंघे निर्वाचित

  • 1.8K
    SHARES

  • श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमसिंघे निर्वाचित

    बुटवल,साउन ४ ।

    श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमसिंघे चुनिएका छन् ।

    यसअघि प्रधानमन्त्री रहेका  विक्रमसिंघेलाई त्यहाँको संसदले राष्ट्रपतिमा चुनेको हो । उनले संसदीय मतदानमा प्रमुख प्रतिद्वन्द्वी दुल्लस अलाहप्पेरुमालाई १३४ र ८२ मतान्तरले पराजित गरेको बिबिसीले जनाएको छ । 

    श्रीलंकाको राजनीतिमा  ४५ वर्षदेखि रहेका विक्रमसिंघे  ६ पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् ।  देश आर्थिक रूपमा टाटपल्टिएपछि त्यहाँ जनताले पूर्वराष्ट्रपति राष्ट्रपति गोटाबाया राजापाक्षे र स्वयं उनीविरुद्ध नै देशभर प्रदर्शन गरेका थिए ।

    श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे गत हप्ता देश छोडेर भागेका थिए । विक्रमसिंघे श्रीलंकाली जनताको नजरमा अलोकप्रिय मानिएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology