Logo बिहिवार, आश्विन १ गते २०८३
images

पर्रोहा बहुमुखी क्याम्पस र सैनामैना नगरपालिकाबिच सम्झौता पत्रमा हस्ताक्षर

पर्रोहा बहुमुखी क्याम्पस र सैनामैना नगरपालिकाबिच सम्झौता पत्रमा हस्ताक्षर

  • 2.6K
    SHARES

  • पर्रोहा बहुमुखी क्याम्पस र सैनामैना नगरपालिकाबिच सम्झौता पत्रमा हस्ताक्षर

    बुटवल,साउन ३ ।

    सैनामैना –४ मुर्गियास्थित पर्रोहा बहुमुखी क्याम्पसले नगरमा रहेका विभिन्न सामाजिक संघ संस्था एवम् जनप्रतिनिधीसँग छलफल अघि बढाएको छ ।

    क्याम्पसले मंगलबार सैनामैनाका निर्वाचित नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा, उपप्रमुख विना राना, वडाध्यक्ष एवम् सदस्यहरुसँग छलफल गरेको छ । 

    जस अन्तर्गत क्याम्पसले सैनामैना नगरपालिकासँग आगामी वर्षमा एमओयुमा उल्लेखित विषयमा सहकार्य गर्ने गरी पालिकाका जनप्रतिनिधी र क्याम्पस सञ्चालक समितिबिच सम्झौता गरि पत्र आदानप्रदान गरिएको छ । 

    सो अन्तरक्रियामा बोल्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैना नगरपालिकामा रहेका सामुदायिक क्याम्पसको भौतिक, शैक्षिक एवम् आर्थिक रुपमा सबल बन्नका लागि पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले यस क्षेत्रमा स्नातक तहमा अध्यापन हुने दुई क्याम्पस रहेको बताउँदै यि क्याम्पसका लागि पालिका सदैव सहयोग गर्न तयार रहेको बताउनुभयो । 

    शर्माले आगामी दिनमा क्याम्पसमा थप संकायहरु थप्न सकिने र समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ विषयमा पनि सञ्चालक र क्याम्पस प्रशासनले चासो दिनुपर्ने बताउनुभयो ।

    विशिष्ठ अतिथि उपप्रमुख विना रानाले आजको आवश्यकता शिक्षा नै भएकोले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । 

    सञ्चालक समितिका अध्यक्ष खुसीराम चौधरीले क्याम्पसको वर्तमान अवस्थाबारे जानकारी गराउँदै सम्भावना र चुनौतीका विषयमा जानकारी गराउनुभएको थियो । 
    क्याम्पस प्रमुख डा.तारा प्रसाद गौतमले हाल क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने  गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्युएए प्राप्त गर्ने प्रक्रिया अघि बढिसकेको बताउनुभयो ।

    गौतमले पालिकाले ३ वटा प्रोजेक्टर प्रदान गरि शिक्षालाई प्रविधिसँग जोड्ने प्रयास गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्य आवश्यकता रहेको बताउनुभयो । 

    अन्तरक्रिया कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता, सैनामैना नगरप्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता, उपप्रमुख बिना रानाको विशिष्ठ आतिथ्यता तथा वडा नं ३ का वडाध्यक्ष तम बहादुर पूर्जा, वडा नं ८ का वडाध्यक्ष बुद्धिराम चौधरी, कार्यपालिका सदस्य सुरज बराल, वडा नं ३ का वडा सदस्य रोहीणी प्रसाद चौधरी सञ्चालक समिति मिन प्रसाद पौडेल, नेपाली कांग्रेसका नगरसचिव अर्जुन पौडेल, प्राध्यापक संघका अध्यक्ष जगन्नाथ गौतम लगायतको आतिथ्यतामा सम्पन्न भएको हो । 

    सो अन्तरक्रिया कार्यक्रममा सैनामैना नगरपालिकाका निर्वाचित जनप्रतिनिधीलार्ई स्वागत गर्दै सम्मान गरिएको थियो । सो कार्यक्रममा जनप्रतिनिधी, क्याम्पस सञ्चालक समितिका पदाधिकारी लगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख डा तारा प्रसाद गौतमले गर्नुभएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology