Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

ब्यवसायी गैरेद्वारा अपाङ्ग आश्रममा रहेकाहरुलाई खाद्यान्न तथा नगद सहयोग

ब्यवसायी गैरेद्वारा अपाङ्ग आश्रममा रहेकाहरुलाई खाद्यान्न तथा नगद सहयोग

  • 1.4K
    SHARES

  • ब्यवसायी गैरेद्वारा अपाङ्ग आश्रममा रहेकाहरुलाई खाद्यान्न तथा नगद सहयोग

    बुटवल,साउन २ ।

    ब्यवसायी टंकप्रसाद गैरेले आफ्नो जन्मदिनको अवसरमा अपाङ्ग आश्रममा सहयोग गर्नु भएको छ ।

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका उद्योग उपाध्यक्ष रहेका गैरले आफ्नो जन्मदिनको अवसरमा सोमबार बुटवल उपमहानगरपालिका वडा नं ११ देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रमा आश्रीतलाई खाना सहित खाद्यान्न तथा नगद सहयोग प्रदान गर्नुभएको हो ।

    उहाँले विगत ९ वर्षदेखि आफ्नो जन्मदिनमा प्रत्येक वर्ष सोही आश्रममा सहयोग गर्दै आउनु भएको छ । जन्मदिनमा हरेक वर्ष उक्त अपाङ्ग आश्रममा सहयो गर्दै आएको र सोही अनुसार यो वर्षपनि आफू सक्दो सहयोग गरेको उहाले बताउनु भयो ।

    सहयोग ग्रहण गर्दै आश्रमका अध्यक्ष डोलबहादुर रामदामका अनुसार अहिले उक्त अपाङ्ग आश्रममा ३८ जनाले आश्रय लिईरहेका छन् । एउटा व्यक्तिले सुरु गरेको आश्रममा सामाजिक संघसंस्था र व्यक्तिले सहयोग गरेपनि अहिलेसम्म तीनै तहका सरकारबाट कुनै प्रकारको सहयोग नपाएको उहाँले गुनासो गर्नुभयो ।

    त्यसबाहेक अहिले त्यहाँ आश्रीत अपांगता भएका व्यक्तिहरुले अगरबत्ति र हार्पिक बनाउने र बजारमा बेच्ने समेत गरेका छन् । त्यसले उनीहरुको जीवनयापनलाई केही सहज बनाएको रामदामले बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology