Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

कपिलबस्तुको जगदीशपुर ताल पंक्षी आरक्ष घोषणा

कपिलबस्तुको जगदीशपुर ताल पंक्षी आरक्ष घोषणा

  • 1.2K
    SHARES

  • कपिलबस्तुको जगदीशपुर ताल पंक्षी आरक्ष घोषणा
    बुटवल,साउन १ ।
     
    कपिलबस्तुको जगदीशपुर ताल रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनुभएको छ। जगदीशपुर ताललाई वार्ड स्याङचुरी पंक्षी आरक्ष घोषणा कार्यक्रममा सो कुरा बताउनुभएको हो। 
     
    जगदीशपुर ताललाई गौरवको योजना बनाउनका निम्ति न्यूनतम चरण पनि पूरा गर्नुपर्ने उहाँले बताउनुभयो। यसलाई व्यवस्थित बनाउन प्राकृतिक स्रोत साधनको प्रयोग गर्नुपर्ने मुख्यमन्त्री केसीले बताउनुभयो। जगदीशपुर तालमा संसारका पहुना चरा आउने भएकोले यसको पृथक् पहिचान रहेको उहाँले बताउनुभयो। 
     
    ताल संरक्षणका लागि कानुन विपरीत बनाइएका संरचनालाई नियमन गर्नुपर्ने ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वीरबहादुर रानाले बताउनुभयो। यस क्षेत्रको विकासका लागि आम नागरिकको जीवस्तर उकास्न प्रदेश सरकार लागि परेको उहाँले बताउनुभयो।
     
    ताल क्षेत्रमा निर्माण गरिएको भौतिक संरचना मापदण्ड विपरीत रहेको उहाँले बताउनुभयो। कृषकलाई अत्मनिर्भर बनाउनका लागि सिंचाइमा परिवर्तन ल्याउनुपर्ने उहाँले बताउनुभयो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology