Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

रोटरी क्लव अफ बुटवल : ‘मुलुकको उद्योग क्षेत्र सुधार हुन सकेन’

रोटरी क्लव अफ बुटवल : ‘मुलुकको उद्योग क्षेत्र सुधार हुन सकेन’

  • 2.8K
    SHARES

  • रोटरी क्लव अफ बुटवल : ‘मुलुकको उद्योग क्षेत्र सुधार हुन सकेन’

    बुटवल, असार ३२।

    रोटरी क्लव अफ बुटवलको वर्ष २०२२–०२३ को तेस्रो एवं क्लवको १४२३ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ ।
    क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकको एजेण्डा उद्योगी महेश थैवको क्लासिफकेशन रहेको थियो ।

    बैठकमा अध्यक्ष पियाले रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्र बहादुर राजभण्डारी, पुर्व डिआरएफसी एमके झा, डिष्ट्रिक सेन्टरी अमित गिरीसँग क्लवका गतिविधिसम्बन्धी काठमाडौंमा छलफल भएको जानकारी गराएका थिए ।

    बैठकमा बोल्दै युवा उद्योगी महेश थैवले बारम्बार हुने नीतिगत परिवर्तनले मुलुकको उद्योग क्षेत्र सुधार हुन नसकेको बताए । उद्योगी व्यवसायीले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएपनि राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अझै सकारात्मक हुन नसकेको उनको भनाई थियो ।

    “उद्योगमैत्री एन नियमको अभावका कारण उद्योग क्षेत्रले चाहे अनुसार फड्को मार्न सकिरहेको छैन, आर्थिक समृद्धिमा उद्योग क्षेत्रको महत्वपूर्ण योगदान हुँदाहुँदै पनि राज्यको नीति उद्योगमैत्री छैन”–उनले भने ।

    उनले भारतबाट आयात हुने कच्चा पदार्थको भन्सार दर महँगो र तयारी वस्तुको भन्सार दर सस्तो हुँदा स्वदेशी उत्पादनले भारतीय उत्पादनसँग प्रतिष्पर्धा गर्न नसकेको पनि बताए ।

    आवास ग्रुपका सञ्चालक समेत रहेका थैवले आवास ग्रुप अन्तर्गत हाल १६ वटा उद्योग सञ्चालनमा रहेको, दुईवटा नयाँ उद्योग सञ्चालनको तयारीमा रहेको र करिव तीनहजार जनालाई रोजगारी प्रदान गरेको जानकारी दिए ।

    त्यस अवसरमा क्लवका पुर्व अध्यक्ष कृष्णप्रसाद अर्याल, मणिरत्न पाण्डे लगायतले विभिन्न जिज्ञासा एवं सुझाव दिएका थिए ।  बैठकमा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्र ध्वजूले रोटरी डिष्ट्रिकका अहिलेसम्मका गतिविधिबारे प्रकाश पार्दै आगामी कार्यक्रमबारे जानकारी गराएका थिए ।

    जीवकान्त काफ्लेले बैठकको सञ्चालन गर्दै ३० औं पदस्थापन कार्यक्रमको बारेमा पनि जानकारी गराएका थिए भने रोटरीयनहरु खिमनारायण पराजुली,थानेश्वर पौडेल, कृष्ण पराजुलीलगायतले पनि बोलेका थिए । अध्यक्ष बोनिन पियाले बैठकमा देखाएको सक्रिय सहभागिताप्रति आफू उत्साहित भएको भन्दै आगामी बैठकहरुमा पनि यस्तै क्रियाशिलताको अपेक्षा आफूले गरेको बताएका थिए ।

    साथै उनले पर्रोहा परमेश्पर बोलबम धाममा रोट¥याक्ट, इन्ट¥याक्ट र रोटरी क्लव मिलेर एकदिन प्रसाद वितरण कार्यक्रम गर्ने र उपयुक्त समय मिलाएर १० पिस ह्वील चेअर वितरणको कार्यक्रम पनि आयोजना गरिने जानकारी गराए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology