Logo बिहिवार, आश्विन १ गते २०८३
images

रोटरी सामाजिक पत्रकारिता पुरस्कार कंडेललाई प्रदान

रोटरी सामाजिक पत्रकारिता पुरस्कार कंडेललाई प्रदान

  • 2.0K
    SHARES

  • रोटरी सामाजिक पत्रकारिता पुरस्कार कंडेललाई प्रदान

    बुटवल,असार २९ ।

    रोटरी सामाजिक पत्रकारिता पुरस्कार-२०२१ बाट पत्रकार एनबी कंडेल पुरस्कृत भएका छन् ।  उनी ग्लोबल आवाज अनलाइनका सम्पादक हुन् । 

    रोटरी क्लव अफ रुपन्देहीद्वारा मंगलबार आयोजित ११ औं पदस्थापन तथा वर्ष २०२२-२३ को धन्यवाद ज्ञापन कार्यक्रममा साे  पुरस्कार प्रदान गरिएको हो ।

    पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्रमा याेगदान पुर्याएको भन्दै उनलाई नगद ११ हजार १ सय ११ रुपैंयासहित सम्मान पत्र र दोसल्लाले पुरस्कृत तथा सम्मान गरिएको हो ।

    उनलाई क्लबका तथा कार्यक्रमका अध्यक्ष ऋषिराम भण्डारी,प्रमुख अतिथि डिष्ट्रिक्ट गर्भनर नोमिनी राजेन्द्र ध्वजु र पुरस्कारका संस्थापक तथा क्लबका पूर्व अध्यक्ष गौतम भुसालले संयुक्त रुपमा सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

    क्लबका पूर्व अध्यक्ष गौतम भुसालले आफ्ना स्वर्गिय हजुर बुवा केशवराज एवम् हजुरआमा हिमादेवी भुसालको स्मृतिमा क्लबमार्फत नियमित प्रदान गर्नेगरी स्थापना गरिएको पुरस्कार हरेक वर्ष रुपन्देहीलाई कार्य क्षेत्र बनाएर सामाजिक क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई दिइने उनले बताए । गत वर्ष उक्त पुरस्कार पत्रकार सञ्जु पौडेलले प्राप्त गरेकी थिइन्।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology