Logo मंगलवार, श्रावण १२ गते २०८३
images

छाडा चौपाया ब्यबस्थापनका लागि जग्गा खाेज्दै बुटवल उपमहानगर

छाडा चौपाया ब्यबस्थापनका लागि जग्गा खाेज्दै बुटवल उपमहानगर

  • 1.9K
    SHARES

  • छाडा चौपाया ब्यबस्थापनका लागि जग्गा खाेज्दै बुटवल उपमहानगर

    बुटवल,असार २९ ।

    बुटवल उपमहानगरपालिकाले छाडा चौपायाका लागि जग्गाको व्यवस्था गर्ने भएको छ । उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीसँग नवलपरासीको बर्दघाटदेखि कपिलबस्तु चनौटा सम्म जहां भएपनि छाडा चौपाया व्यवस्थापन गर्नको लागि जग्गा उपलब्ध गराइदिन अनुरोध गरेका छन् । 

    यस क्षेत्रमा छाडा चौपायाले गर्दा झण्डै ३० प्रतिशत दुर्घटना भएको र गौमाताको पनि संरक्षण हुने हुँदा मन्त्रालयको यस विषयमा चासो दिने छ भन्ने विश्वास राखेको छुु मेयर पाण्डेयले बताए ।

    अहिले मुख्य सहरमा छाडा चौपायाले ट्राफिक व्यवस्थापनमासमेत ठूलो असर पारेकोले नियन्त्रण र बहुमुखी योजना सहितको गौसाला निमार्ण गर्नुपर्ने मुख्यमन्त्रीको भनाइ छ । साथै, कामधेनु गौसाला भलुहीका योगी सोमराजले गौमाता व्यवस्थापन गर्न आफू तयार रहेको बताए ।

    बुटवल उपमहानगरपालिकाले छाडा चौपायाका लागि जग्गाको व्यवस्था गर्ने भएको छ । उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले सोमबार लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीसँग नवलपरासीको बर्दघाटदेखि कपिलबस्तु चनौटा सम्म जहां भएपनि छाडा चौपाया व्यवस्थापन गर्नको लागि जग्गा उपलब्ध गराइदिन अनुरोध गरेका छन् । 

    'यस क्षेत्रमा छाडा चौपायाले गर्दा झण्डै ३० प्रतिशत दुर्घटना भएको र गौमाताको पनि संरक्षण हुने हुँदा मन्त्रालयको यस विषयमा चासो दिने छ भन्ने विश्वास राखेको छु' मेयर पाण्डेयले नागरिक अनलाइनसंग बताए ।

    अहिले मुख्य सहरमा छाडा चौपायाले ट्राफिक व्यवस्थापनमासमेत ठूलो असर पारेकोले नियन्त्रण र बहुमुखी योजना सहितको गौसाला निमार्ण गर्नुपर्ने मुख्यमन्त्रीको भनाइ छ । साथै, कामधेनु गौसाला भलुहीका योगी सोमराजले गौमाता व्यवस्थापन गर्न आफू तयार रहेको बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology