Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेश सरकारद्वारा पाँच पत्रकार पुरस्कृत

लुम्बिनी प्रदेश सरकारद्वारा पाँच पत्रकार पुरस्कृत

  • 2.1K
    SHARES

  • लुम्बिनी प्रदेश सरकारद्वारा पाँच पत्रकार पुरस्कृत

    बुटवल,असार २८ ।

    लुम्बिनी प्रदेश सरकारले लुम्बिनीका पाँच जना पत्रकारलाई सम्मान गरेको छ ।

    प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयलेले अग्रज पत्रकार खिमानन्द भट्टराई र स्वर्गीय विन्दुकुमार चौहान तथा सिर्जनसिल पत्रकारको रुपमा सञ्जु पौडेल, डिलाराम भुुसाल र प्रेम विकलाई नगद पुरस्कार सहित सम्मान गरेको हो ।

    अग्रज पत्रकार रुपन्देहीका खिमानन्द भट्टराई र स्वर्गीय विन्दुकुमार चौहान (मरणोपर्यन्त) लाई जनही ५० हजार रुपैंया नगद पुरस्कार र सम्मान पत्र सहित दोसल्ला ओढाएर मुख्यमन्त्री केसीले सम्मान गरिएको हो । त्यस्तै रुपन्देहीकी सञ्जु पौडेल, कपिलबस्तुका डिलाराम भुसाल र बर्दियाका प्रेम विकलाई पनि जनही ५० हजार नगद पुरस्कार, सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

    लुम्बिनी प्रदेश सरकारले २० वर्ष काम गरेका अग्रज एकजना र सिर्जनसिल तीन जना पत्रकारलाई पुरस्कृत गर्नेगरी पत्रकारलाई प्रत्येक वर्ष एक जना पत्रकारलाई अघिल्लो वर्षदेखि सम्मान गर्न सुरु गरेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology