Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

सैनामैनाकी पर्टेलले जितित् नेभारा फेशन फेष्ट २०२२ को उपाधि

सैनामैनाकी पर्टेलले जितित् नेभारा फेशन फेष्ट २०२२ को उपाधि

  • 5.6K
    SHARES

  • सैनामैनाकी पर्टेलले जितित् नेभारा फेशन फेष्ट २०२२ को उपाधि

    बुटवल,असार २८ ।

    बुटवलमा भएको एक्सपर्ट नेभारा फेशन डिजाईनर फेष्ट २०२२ को उपाधी सैनामैना सरौलीकी मनिसा पर्टेलले जितेकी छन् । उनले विभिन्न डिजाईनमा निर्माण गरेका ३१ फेशन डिजाईनरहरुका ड्रेसलाई पछि पार्दै विजेता बनेकी छन् । उनले ताज सहित थुप्रै गिफ्ट हेम्परहरु हात पारिन ।

    नेभारा फेशन डिजाईनिङ्ग ईन्ष्टिच्युट बुटवलको आयोजनामा भएको प्रतियोगितामा फष्ट रनरअप बुटवलकी पुजा थापा, सेकेण्ड रनरअप पाल्पाकी पृथ्वी खाम्चा भईन् ।

    यस्तै भिवरच्वईसको उपाधी कमला गुरुङ्गले जितिन् । त्यसैगरी फ्लावर सिक्वन्स बुटवलकी नेहा श्रीस, समर सिक्वेन्स पाल्पाकी रञ्जना श्रेष्ठ र बेष्ट आउट अफ वेष्टेजको उपाधी बुटवलकी कमला गुरुङ्गले जितिन् ।

    नेभारा फेशन डिजाईनिङ्ग ईन्ष्टिच्युट बुटवलका अध्यक्ष धुर्व रानाको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वुटवल वडानम्बर ६ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका बुटवल प्रमुख रोशन कंडेल लगायतले विजयी प्रतिस्प्रर्धीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

    नेभाराका प्रिन्सिपल मुना रानाको स्वागतमा भएको कार्यक्रममा फेशन डिजाईनर अनिता खाती, कोरियोग्राफर रेशन न्यौपाने, पत्रकार झविन्द्र देवकोटा, सौन्दर्य ब्यवसायी सिता ध्वजुले निर्णायकको भुमिका निभाउनु भएको थियो । संचारकर्मी सुुमन श्रेष्ठको संचालनमा भएको कार्यक्रममा प्रतिस्प्रर्धीहरुले फ्लावर, समर, वेस्टेज लगायतका बिधामा आफुले बनाएका विभिन्न डिजाईनका ६ दर्जनजती ड्रेसहरु प्रदर्शन गरेका थिए ।

    नेभाराले यसअघि गरेको फेशन डिजाईनर प्रतियोगितामा पृथ्वी खाम्चाले उपाधी जितेकी थिईन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology